Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

बेनीमा आगलागी : दुई पसलमा क्षति

बेनीमा आगलागी : दुई पसलमा क्षति


  • 4.4K
    Shares

    बेनीमा आगलागी : दुई पसलमा क्षति

    म्याग्दीको सदरमुकाम बेनी बजारमा आगलागी हुँदा दुई पसल जलेर पूर्णरूपमा नष्ट भएका छन् । बेनी नगरपालिका–८ स्थित न्यूरोडमा अवस्थित रघुगङ्गा डेरी र नयन स्टोर्समा आजविहान आगलागी भएको हो ।

     आगलागीबाट मानवीय क्षति भएको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।

    आगलागीबाट लाखौँ मूल्यको सामान जलेर नष्ट भएको नयन स्टोर्सका प्रोपाइटर जगननाथ शर्माले जानकारी दिनुभयो । आगलागी हुँदा ग्यास सिलिण्डर पड्किएर ठूलो आवाज आएको थियो ।

     डेरी पसलभित्र बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने जनाइएको छ ।

    प्रकाशित मिति :श्रावण २६ २०७८ मंगलवार - ११:०३:१५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij