Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

न्यूनतम पारिश्रमिक पुनरावलोक गर्न कार्यदल गठन

न्यूनतम पारिश्रमिक पुनरावलोक गर्न कार्यदल गठन


  • 4.4K
    Shares

    न्यूनतम पारिश्रमिक पुनरावलोक गर्न कार्यदल गठन

    श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

     कार्यदलमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारी, नेपाल पत्रकार महासङ्घको पूर्व महासचिव इन्द्रबहादुर (उजिर) मगर, महासङ्घ र सञ्चार उद्यमी एशोसिएसनको तर्फबाट एक-एक प्रतिनिधि सदस्यका रुपमा रहने छन् । समितिको बिहीबार सम्पन्न बैठकले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न समिति गठन गर्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो ।

     विसं २०७५ देखि पारिश्रमिक पुनरावलोकन हुन नसकेको बताइएको छ । कार्यदलले श्रमजीवी पत्रकार ऐन २०५१ को पूर्ण कार्यान्वयन हुन नसक्नुको कारण विश्लेषणसहितको प्रतिवेदन समितिलाई एकमहिनाभित्र पेश गर्नेछ । बैठकले कोरोना सङ्क्रमणमा जोखिम मोलेर काम गर्ने पत्रकारका लागि विषेश राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह समेत गरेको छ ।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - १६:०२:४८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij