Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट अन्तिम चरणमा

अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट अन्तिम चरणमा


  • 5.1K
    Shares

    अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्ट अन्तिम चरणमा

    जिल्ला अस्पताल परिसरमा निर्माण भइरहेको अक्सिजन प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ ।

     सङ्घीय सरकारको रु एक करोड ५० लाखको सहयोगमा निर्माणाधीन सो प्लान्ट केही दिनमै सञ्चालनमा आउने जनाइएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कपिल गौतमले प्लान्टको ‘वुस्टर मेसिन’ आउन ढिलाइ भएकाले निर्माण सम्पन्न हुन समय लागेको जानकारी दिनुभयो ।

     उहाँले भन्नुभयो, “अहिले सामान आइपुगेको छ । प्राविधिकले जडान सम्पन्न गरेपछि सञ्चालनमा आउने छ ।” उहाँका अनुसार प्लान्टले दिनमा ७० सिलिण्डर भर्ने क्षमता राख्दछ । गत वैशाख-जेठमा कोरोनाको दोस्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो ।

     अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले अब अक्सिनको अभाव नहुने जानकारी दिनुभयो । जिल्लामा सङ्क्रमितका सङ्ख्यामा वृद्धि हुँदै गएपछि सर्वपक्षीयसहितको कोभिड– १९ सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय भएको थियो ।

     हालसम्म जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन हजार ५८७ पुगेको छ ।यसैगरी सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ८२५ रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

     सक्रिय सङ्क्रमितको सङ्ख्या ६८७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट जिल्लाको शीतगङ्गा नगरपालिकामा एकको मृत्यु भएसँगै हालसम्म सङ्क्रमणबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या ७५ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :श्रावण २२ २०७८ शुक्रवार - १२:५६:४६ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij