२०८२ माघ १५ गते बिहिवार
काठमाण्डौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु हुन लागेको छ। बैठक अब केही बेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।
समसामयिक राजनीतिक परिस्थिति र पार्टीगत साथै सरकारमा पठाउने थप मन्त्रीका विषयमा पनि आज छलफल हुने उनले जानकारी दिए। ‘आज मन्त्रीको नामचाहिँ टुंगो लाग्दैन कि जस्तो लाग्छ,’ उनले भने।
नेपाली कांग्रेसका सभापति शेबरहादुर देउवाको नेतृत्वमा गठित मन्त्रिपरिषदमा अहिलेसम्म माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन्।
कांग्रेसबाट पनि सरकारमा प्रधानमन्त्री देउवासहित बालकृष्ण खाँण गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कानुन तथा न्यायमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री मात्र छन्।
गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त देउवाले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij