२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिग ९बीबीएल० का लागि आज अस्ट्रेलिया प्रस्थान गरेका छन् । बीबीएल सुरु भइसक्दा काठमाडौंमा रहेका उनी मंगलबार बिहान ११ बजे अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।
अस्ट्रेलिया पुगेपछि उनी १४ दिन क्वारेन्टाइनमा बस्नेछन् । त्यसपछिको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएमा उनले खेल खेल्नेछन् ।
सन्दीप यो सिजनको बिग बास लिग होबर्ट हुरिक्यान्समा आवद्ध छन् । उनको टोलीले अहिलेसम्म खेलेका दुई खेलमा दुवै जित हात पारेको छ । सन्दीप केही समय अगाडि कोरोना संक्रमीत भएका थिए । तर, केही दिनको अस्पतालमा उपचार पछि उनी निको भइसकेका छन् ।
पिटर ह्यान्डस्कोम्बको कप्तानी गरेको हुरिक्यान्सले यो सिजनका लागि नेपालका युवा सेन्सेसन सन्दीपलाई टिममा आवद्ध गरेको हो । सन्दीपले यसअघिका दुई संस्करण मेलबर्न स्टारबाट खेलेका थिए । जसमा उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको थियो । दुई सिजनमा गरि २६ विकेट हात पारेका छन् ।
नोभेम्बरमा दुवईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल)मा सन्दीप दिल्ली क्यापीटल्समा आवद्ध थिए । तर, दिल्लीले सन्दीपलाई मैदान उत्रने अवसर भने दिएन । दिल्ली गएको सिजनमा फाइनलसम्म पुग्न सफल भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij