२०८२ माघ १५ गते बिहिवार
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री देउवा र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अपराह्न करिब सवा तीन बजेदेखि करिब ३५ मिनेट भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ।
यसअघि मंगलबार बिहान पनि प्रचण्ड र देउवाबीच बालुवाटारमै भेट भएको थियो।
भेटमा मन्त्रिपरिषद् बिस्तारसहितका समसामयीक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ। प्रचण्ड संग भेट सकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा क्याबिनेट बसेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij