२०८२ माघ १५ गते बिहिवार
बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँण,अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।
आजकै बैठकले प्रदेश प्रमुखहरू तोक्ने तयारी छ । नेकपा माओवादी केन्द्रले संविधानविपरीत प्रदेश प्रमुखको सिफारिस गरेको छ । माओवादी केन्द्रको आज बसेको आकस्मिक स्थायी कमिटीको बैठकले गण्डकी प्रदेशमा यसअघि नै प्रदेश प्रमुख भइसकेका अमिक शेरचनलाई पुनः सिफारिस गरेको हो । त्यस्त यद्यपी मन्त्रिपरिषद्ले निर्णय भने गरिसकेको छैन । मन्त्रिपरिषद् बैठक जारी छ ।
त्यस्तै माओवादी केन्द्रले यसअघि प्रदेश २ को प्रदेश प्रमुख भएर पदमुक्त भएका तिलक परियारलाई भने अन्य कुनै प्रदेशमा नियुक्त गर्ने तयारी गरेको छ । केपी ओली नेतृत्वको सरकारले परियारलाई हटाएर राजेश झालाई नियुक्त गरेको थियो। त्यस्तै गण्डकीमा शेरचनलाई हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो।
नेपालको संविधानको धारा १६३ ले एक पटक प्रदेश प्रमुख भएको व्यक्ति पुन सोही प्रदेशमा प्रदेश प्रमुख हुन बन्देज लगाएको छ । संविधानको धारा १६३ (४) मा भनिएको छ, ‘एउटै व्यक्ति एक पटकभन्दा बढी एकै प्रदेशमा प्रदेश प्रमुख हुन सक्ने छैन ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij