२०८२ माघ १६ गते शुक्रवार
राष्ट्रियता,प्रजातन्त्र,राजसंस्था,हिन्दुराज्य,जस्ता मुलुक जोगाउने महत्वपूर्ण मुद्दा अगाडी सार्दै असली राष्ट्रवादी पार्टीको छवी बनाएको नेपाल समाजवादी कांग्रेसले अन्य दललाई अन्तै बाट परिचालित हुने गरेको दोष लगाएको छ। हुन पनि अन्य दलहरु अरुकै इशारामा चल्ने र ताकपरे गले गरेका छन्। अर्काले काँध थापे चड्ने र बुई बोकिने नेपालका दलहरु पछारिने गरेका छन्।
नेपाली कांग्रेस,नेकपा एमाले र नेकपा माओवादी केन्द्र मात्र होइन राप्रपा समेतका पार्टी शक्ति केन्द्रको उक्साईमा पर्ने र उसै बाट थेचरिएका बग्रेती घटना सबैका सामु छन्। तर समाजवादी कांग्रेस पछिल्ला दिनमा जनताको माग बमोजिमका खाँटी जनताको मुद्दा अगाडी सारेर आन्दोलनमा होमिएको छ। नेपाल समाजवादी पार्टीका अध्यक्ष गोबिन्द निरौलाले आफ्नो पार्टीको आन्दोलनले स्वदेशी र बिदेशी खुफिया तर्सिएको भन्दै सबै सचेत रहन अपिल गरेका छन्।
उनले लेखेका छन् -
जसले निर्माण गरिदियो उसले जोडाइदिने, फुटाइदिने, अरुको लागि घेराबन्दी गर्न सिकाउने,उस्को योजना हो। स्वार्थ पुर्तिको लागि नचाउन तयार गरेर राखिएका पात्रहरु जसरी इच्छा हुन्छ त्यसरी नचाउने चलन छ। राष्ट्रिय अस्तित्व संरक्षणको निम्ति राष्ट्रियता,प्रजातन्त्र,राजसंस्था,हिन्दुराज्य,जस्ता मुद्धा अघिसारेर नेपाल समाजवादी काग्रेसले जुन आन्दोलनको घोषणा गरेको छ,त्यसबाट त्रसित साम्राज्य र बिस्तारवादी तत्वहरु ति नेपाल समाजवादी काग्रेसले अघिसारेका मुद्धा ओझेलमा पारेर जनतामा भ्रम शृजना गर्न एकजुट हुँदै गरेको देखिनु सबै नेपाली नागरिक हरुमा सजग रहन आवहान गर्दछौ। हिजो संघियतालाई स्विकार गरेर चुनाव लड्नेहरु लाई राष्ट्रियताका संरक्षक देखिनु भविश्य समेत अन्धकार हुन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij