Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

महतोले ओलीलाई प्रतिगामी भन्दै दुत्कारे, उपेन्द्रलाई जोगाउँदा को-को आफै घानमा परे ?

महतोले ओलीलाई प्रतिगामी भन्दै दुत्कारे, उपेन्द्रलाई जोगाउँदा को-को आफै घानमा परे ?


  • 6.5K
    Shares

    महतोले ओलीलाई प्रतिगामी भन्दै दुत्कारे, उपेन्द्रलाई जोगाउँदा को-को आफै घानमा परे ?

    जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निर्वाचन आयोगले आफूहरुको पार्टी फुटाइदिएको आरोप लगाएका छन्।

    जसपाको विवादमा सनाखत गर्न निर्वाचन आयोग पुगेका नेता महतोले बाहिरिने क्रममा यस्तो टिप्पणी गरेका हुन्। पार्टी जनताले बनाउने बताउँदै महतोले भने, ‘पार्टी निर्वाचन आयोगले होइन, जनताले बनाउने हो। आयोगको निर्णय प्राविधिक मात्रै हुन्छ।’

    अब नयाँ पार्टी बनाउनुहुन्छ कि के गर्नु हुन्छ? भन्ने पत्रकारको प्रश्नमा उनले आयोगको आदेश हेरर निर्णय लिने प्रतिक्रिया दिए।

    एक वर्षअघि आफूहरुले उपेन्द्र यादवको फुट्न लागेको पार्टी जोगाइदिएको भन्दै अहिले यादवले आफै पार्टी फुटाएको बताए। उनले भने, ‘हामीले एक वर्षअघि उपेन्द्र यादवको फुट्न लागेको पार्टी जोगाइदिएका थियौँ। अहिले उनले आफैले पार्टी विभाजन गरे।’

    यस्तै उनले आफूहरुका लागि शेरबहादुर देउवा र केपी ओलीमा केही फरक नभएको बताए। ‘हाम्रा लागि देउवा र ओलीमा केही फरक छैन। दुबै प्रतिगामी हुन्।’ आयोगबाट बाहिरिने क्रममा महन्थ ठाकुरले भने कुनै प्रतिक्रिया दिएनन्।

    प्रकाशित मिति :श्रावण ११ २०७८ सोमवार - १६:४४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij