२०८२ माघ १६ गते शुक्रवार
जसपाको आधिकारिता विवाद सम्बन्धीको सनाखत सकिएको छ । निर्वाचन आयोगले सोमबार 'हेड काउन्ट'का लागि जसपाका ५१ जना कार्यकारिणी समिति सदस्यहरुलाई सनाखतका लागि कार्यालयमा बोलाएको थियो ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको पक्षमा बहुमत पुगेको छ ।
निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी अध्यक्ष यादवले आफ्नो पक्षमा हालसमम ३४ जनाले हस्ताक्षर गरेको बताए । उनले बाटो बिराएकाहरु सच्चिएर आएमा ठाउँ दिने समते बताए ।
‘उहाँहरु आफैँ बाटो बिराएर जानुभएको हो । हामीले घोक्र्याएर पार्टीबाट निकाल्न खाजेका होइनौं । बिराएको बाटो सच्याएर र आत्मालोचना गरेर आए पार्टी हो ठाउँ दिन्छ,’ उनले भने ।
त्यस्तै महन्त ठाकुर पक्षमा १६ जनाले सनाखत गरेका छन् । जसपाका ५१ कार्यकारिणी सदस्यमध्ये ३४ जनाले यादव पक्षमा र १६ जनाले ठाकुर पक्षमा सनाखत गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।
पार्टी आधिकारिकता टुंगो लगाउन निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यका ५१ जना सदस्यलाई आवशयक कागजात सहित कार्यालयमा उपस्थित भएर सनाखत गर्न भनेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij