Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

बहादुर भवनमा जसपा नेताको टाउको गन्न थालियो, जसपाको थैली कसले हत्याउँदैछ ?

बहादुर भवनमा जसपा नेताको टाउको गन्न थालियो, जसपाको थैली कसले हत्याउँदैछ ?


  • 4.4K
    Shares

    बहादुर भवनमा जसपा नेताको टाउको गन्न थालियो, जसपाको थैली कसले हत्याउँदैछ ?

    निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद टुंग्याउन अहिले हेड काउन्ट सुरू गरेको छ । आयोगले जसपाको केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीहरुलाई बिहान ११ बजेका लागि बोलाएको थियो । 

    अहिले पदाधिकारीले आफ्ना धारणा राखिरहेका छन् । 

    आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा रहेको इजालसले केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको सनाखत गराउन साउन ७ गते आदेश दिएको थियो । आयोगले जसपा निर्वाचन आयोगमा दल दर्ता गर्दाको बखतका ५१ कार्यकारिणी समितिका पदाधिकारीलाई बोलाएको हो । 

    उनीहरुलाई नागरिकता वा मतदाता परिचय पत्रको सक्कल कपि लिएर उपस्थित हुन भनिएको छ ।  आयोगका सचिव सुरेश कुमार अधिकारीले सनाखत सुरू भएको जानकारी दिए ।

    केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारीको सनाखत गरेर कसको पक्षमा बहुमत छ भन्ने सिद्ध गर्न लागेको हो । जसपाको विवादमा फैसला आजै आउन सक्ने सम्भावना छ । इजलासले आदेश गर्दा नै आजका लागि फैसलाको मिति तोकेको थियो । 

    जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले राजनीतिक दलसम्बन्धि ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिकारिकता दाबी गरेको थियो । सोही विवाद निरुपण प्रक्रिया अन्तर्गत इजलासले बहुमत सदस्यको हस्ताक्षर गर्न लागेको हो । उपेन्द्र यादव पक्षले ५१ मध्ये ३० भन्दा बढी सदस्य आफूसँग रहेको दावी गर्दै आएको छ । उता, अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पछि हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता दिएन । 

    जनता समाजवादी पार्टीको विवादमा एकजना केन्द्रीय कार्यकारिणी सदस्य रेशम चौधरीले आफूले जेलबाट सनाखत नगर्ने अडान राखेका छन् । उनले आफू निर्वाचन आयोग पुगेर मात्रै सनाखत गर्न पाउनुपर्ने अडान राखेको एक पदाधिकारीले जानकारी दिए ।

    प्रकाशित मिति :श्रावण ११ २०७८ सोमवार - १२:०७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij