Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

माग पूरा गर्न दबाब दिँदै यातायात व्यवसायीले सरकारलाई बुझाए सवारी साधनको साँचो (पत्रसहित)

माग पूरा गर्न दबाब दिँदै यातायात व्यवसायीले सरकारलाई बुझाए सवारी साधनको साँचो (पत्रसहित)


  • 4.6K
    Shares

    माग पूरा गर्न दबाब दिँदै यातायात व्यवसायीले सरकारलाई बुझाए सवारी साधनको साँचो (पत्रसहित)

    काठमाडौं । आफ्ना माग सम्बोधन गर्न दवाव दिँदै आएका यातायात व्यवसायीहरुले सरकारलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका छन्।

    कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका ७ बुँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सार्वजनिक सवारीसाधनको साँचो हस्तान्तरण गरेका हुन्।

    आइतबार मध्यान्ह काठमाडौंको माइतीघर मण्डलामा भेला भएका यातायात व्यवसायीहरुले बबरमहलस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयमा पुगेर प्रधानमन्त्री देउवासमक्ष पुर्‍याउने गरी प्रमुख जिल्ला अधिकारी पराजुलीलाई सार्वजनिक सवारी साधनको साँचो हस्तान्तरण गरेका थिए।

    यातायात व्यवसायीहरुले गत असार २४ गतेदेखि आफूहरुको लागि कोभिड खोपको आवश्यक व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजना गर्नुपर्ने, मौद्रिक नीतिमा व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने, यातायातको विमा, नवीकरण र जरिवानामा छुट गर्नुपर्ने, सडक कानुन तत्काल कार्यान्वयन गर्नुपर्नेलगायतका ७ बुँदे माग सम्बोधन गर्न आन्दोलन गर्दै आएका छन्।

    कोभिड संकटका कारण यातायात व्यवसायीहरुले भोग्नु परेको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई दवाव दिन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई सार्वजनिक यातायातको साधनको साँचो बुझाउनु परेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिए। उनले आफूहरुको माग अव पनि सरकारले सम्बोधन नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए।

    Yatayat-1.jpg

    Yatayat-2.jpg

    Yatayat-3.jpg

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १४:५७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij