Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

एमालेको विघटित कार्यदल र सांसदहरुको बैठक सिंहदरबारमा सुरु, पार्टीलाई एकताबद्ध बनाउने

एमालेको विघटित कार्यदल र सांसदहरुको बैठक सिंहदरबारमा सुरु, पार्टीलाई एकताबद्ध बनाउने


  • 3.9K
    Shares

    एमालेको विघटित कार्यदल र सांसदहरुको बैठक सिंहदरबारमा सुरु, पार्टीलाई एकताबद्ध बनाउने

    नेकपा एमालेको विघटित कार्यदल र सांसदहरुको बैठक सुरु भएको छ । सिंहदरबारमा विघटित कार्यदलका सदस्यहरु एमालेका सांसदहरुको बैठक सुरु भएको हो ।

    एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदल भंग गरेको थियो । छलफलमा कार्यदलका नेताहरु र एमालेका सांसदहरुबीच १० बुँदे सहमतिका बारेमा छलफल गरिने सांसद यज्ञराज सुनुवारले जानकारी दिए । बैठकमा पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल हुने उनले बताए ।

    कार्यदलले सर्वसम्मत रुपमा १० बुँदे सहमतिमा हस्ताक्षर गरेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो । पार्टीले उक्त सहमति पनि अनुमोदन गरिसकेको छ । तर, कार्यान्वयन नभएको भन्दै विघटित कार्यदल सदस्य सक्रिय भएका हुन् ।

    यसअघि लगातार दुई दिन एमालेका दुवै समुहका सांसदहरुले पार्टी एकताका लागि दबाब अभियान चलाएका थिए । ओली पक्षका कृष्णप्रसाद दाहाल, सूर्य पाठक, पदम गिरी, शान्ति पाख्रिन, यज्ञ बोगटी तथा माधव नेपाल पक्षका यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, दीपकप्रकाश भट्ट लगायका सांसदले कार्यदलका नेताहरुसँग छलफल गर्ने निर्णय गरेका थिए ।

    विघटित कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, बिष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र बिष्णु रिमाल छन् भने माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १४:०९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij