Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओली र नेपालका कारण निन्द्रै गायब भएपछि जुर्मुराए एमालेका सांसद, दश टाउकेलाई ब्यथा सुनाउँदै

ओली र नेपालका कारण निन्द्रै गायब भएपछि जुर्मुराए एमालेका सांसद, दश टाउकेलाई ब्यथा सुनाउँदै


  • 6.5K
    Shares

    ओली र नेपालका कारण निन्द्रै गायब भएपछि जुर्मुराए एमालेका सांसद, दश टाउकेलाई ब्यथा सुनाउँदै

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एकता जोगाउन सांसदहरू सक्रिय भएका छन् । एमाले सांसदहरूले आज दिउँसो १ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा विघटित कार्यदलका सदस्यहरूलाई बोलाएर छलफल गर्न लागेका हुन् । 

    ‘१० बुँदे सहमतिमा कार्यदलका सबै सदस्यको एक मत हो भने त्यहीअनुसार अघि बढ्नुपर्‍यो । होइन भने नयाँ विकल्प ल्याएर भए पनि पार्टी एकता जोगाउनु पर्‍यो । त्यसकै लागि विघटित कार्यदलका सदस्यहरूसँग छलफल गर्न लागेका हौँ,’ ओली पक्षका सांसद कृष्णप्रसाद दाहालले भने ।

    पार्टी एकताका लागि विघटित कार्यदलका सदस्यहरूमार्फत दबाब दिनका लागि आज छलफलका लागि बोलाइएको उनले बताए । 

    बैठकमा एमालेका सबै सांसदहरूलाई आमन्त्रण गरिएको छ । ‘सांसदका कुराहरू पनि विघटित कार्यदलका सदस्यहरूलाई सुनाउँछौँ । उहाँहरूका कुरा पनि सुन्छौं,’ दाहालले भने । 

    पार्टीभित्रको विवाद समाधानका लागि दोस्रो तहका नेताहरू निरन्तर प्रयास गरिरहेका छन् । उनीहरूलाई नै थप दबाब र सल्लाह दिनका लागि सांसदहरूले बैठक बोलाएको बताएका छन् । 

    एमालेको विघटित कार्यदलमा माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त छन् भने ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।

    दोस्रो तहका यी नेताहरूले पार्टी  विवाद समाधानका लागि निरन्तर पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालसँग संवाद गरिरहेका छन् । तर, उक्त संवादको सार्थक निष्कर्ष भने अझै आउन सकेको छैन । 

    प्रकाशित मिति :श्रावण १० २०७८ आइतवार - १२:५२:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij