Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु


  • 5.0K
    Shares

    पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरसको  संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जना र ४ हजार २८५ एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६९५ पुगेको छ।

    गत २४ घण्टामा २ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २७ हजार ७५७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :श्रावण ९ २०७८ शनिवार - १९:१७:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij