Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

तनाबको जाँतोमा कसरी पिसिंदैछन् प्रधानमन्त्री देउवा ? अब पार्टी जोगाउने कि सत्ता ?

तनाबको जाँतोमा कसरी पिसिंदैछन् प्रधानमन्त्री देउवा ? अब पार्टी जोगाउने कि सत्ता ?


  • 4.8K
    Shares

    तनाबको जाँतोमा कसरी पिसिंदैछन् प्रधानमन्त्री देउवा ? अब पार्टी जोगाउने कि सत्ता ?

    कमजोर प्रतिपक्षबाट एकाएक सत्तारुढ बनेको नेपाली कांग्रेसका माथिल्ला तहका नेताहरू यतिबेला कोही मन्त्री बन्‍ने दौडधूपमा छन् भने कोही महाधिवेशनबाट नेतृत्वमा पुग्‍ने आंकाक्षामा । सत्ता र महाधिवेशन दुवैको रौनकमा परेको छ कांग्रेस ।

    मन्त्री बन्‍ने लालसामा माथिल्ला तहका कांग्रेसी नेताहरू यतिबेला आफ्‍नो निर्वाचनस्थलमा भन्‍दा बढी बालुवाटारमा भेटिन्‍छन्, सरकारमा जाने आकांक्षा लिएर । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा ‘इतर’का रुपमा चिनिएकाहरू पनि सत्तामै पुग्‍ने लालसामा छन् । तिनीहरू देउवाको ‘भित्रिया’ बन्‍ने भरमग्दुर प्रयत्नमा छन् ।

    कांग्रेस सरकारतिर बढी अल्झिएपछि अधिवेशन-महाधिवेशनको सार्वजनिक कार्यतालिकाअनुरुप काम बढेको छैन । नत्र यतिबेला हरेक वडा तहका कांगेसीले क्रियाशील सदस्यका सूची खेलाउँदै आफ्नो नेतृत्व निम्ति बहसमा उत्रिसक्थे । यतिबेला बूढानिलकण्ठमा यही विषयमा छलफल गरेर बसिरहनु पर्ने अवस्था होइन ।

    चोक-चौतारा, बजारमा कांग्रेस महाधिवेशनको गतिविधि सुरु भइसकेको हुनुपर्थ्यो । किनकि वडा अधिवेशनको निर्धारित तिथि आगामी मंगलबार तय भएको थियो । तर देउवाका वरपर घुमेकाहरूले अझै पनि क्रियाशील सदस्यता टुंगो लगाउन सकेका छैनन् ।

    कांग्रेस हेरेर होइन आफ्ना गुट बलियो बनाउने प्रपञ्चले यो अवस्था आएको नेतृत्व तहमा बस्‍नेहरूकै टिप्‍पणी छ । साउन १२ मा वडा अधिवेशन गर्ने मिति तोकिएको थियो । तर देउवा निकट रमेश लेखक नेतृत्वको टोलीले अझै क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन । ‘शब्दजाल बुन्‍न अब्बल' लेखक आफ्नै कार्यकर्ताको सूची तयार गर्न नसकेर हैरानीमा छन् । जुन काम उनले आज भन्दा २१ दिन पहिले सकिसक्नुपर्ने थियो ।

    सधैँ नेतृत्वको वरपर रहेका उनले किन समयमा जिम्मेवारी पूरा गर्न सकेनन्, कारण के हो ? कांग्रेसीहरू प्रश्‍न गर्न थालेका छन् । उनको समितिको ढिलाईका कारण महाधिवेशनलाई प्रभावित पारेको र संविधानतः कांग्रेस निर्लज्ज ढंगले ‘अवैधानिक’ हुने अवस्था नजिकिँदैछ । त्यसलाई टाल्न सकिएला अध्यादेश वा अन्य कुनै नामले, तर वास्तविकता टालिँदैन । त्यसैले पार्टीको मात्र होइन सत्ताको समेत जिम्मेवारी लिएको कांग्रेस सभापति देउवाले यतिबेला ‘जहाँ चास्‍नी त्यहाँ झिंगा रजाइँ’ शैलीलाई बुझ्नुपर्ने देखिन्छ ।

    क्रियाशील सदस्य टुंगो लाग्‍न नसक्नुको कारण खुलाउँदै जवाफ दिने जाँगर सभापति स्वयंको हो । अन्यथा, झिंगाहरूलाई असजिलो पर्ने बित्तिकै दोष चास्‍नीलाई नै जान्छ । किनकि तिनले चास्‍नीकै चाहना अनुसार यो काम भएको हो भनिदिन सक्छन्, अनौपचारिक रुपमा । कार्यतालिकालाई लत्याउँदै यो अवस्थामा कांग्रेस पुग्‍नु दु:खद हो । यही कारण महाधिवेशन प्रभावित हुने निश्चित जस्‍तै छ ।

    कतिपयका आन्तरिक कारणले महाधिवेशन अन्यौलमा छ । तर, नेतृत्व यसमा बोलिरहेको छैन । निर्णय पनि गरेका छैनन् । कांग्रेसभित्र क्रियाशील सदस्यताको विषय टुंगो नलागेका कारण स्थानीय अधिवेशन प्रभावित भएको नेतृत्व तहले स्वीकार गरिसकेका छन् । केद्रीय महाधिवेशन भदौ १६-१९ मा गर्ने भएको निर्णय फेरबदल नहुने गरी तल्लो तहको अविधेशन अघि बढ्ने भनिए पनि अझै कार्यकर्ता ढुक्क हुन सकिरहेका छैनन् ।

    केन्द्रीय महाधिवेशनअघि साउन १२ वडा, १६ मा पालिका र २० मा क्षेत्रीय तहको अधिवेशन तय भएको थियो । कानुनी बाध्यतामा पनि कांग्रेस ढुक्कझैँ देखिनु भनेको दलभित्र दुर्घटना निम्त्याउन आभास हुँदैछ । चार वर्षमा महाधिवेशन गर्नुपर्ने पार्टी विधानले तय गरेको छ । त्यसअनुरुप दल हिँड्थ्यो भने २०७६ फागुनमै १४ औँ महाधिवेशन सम्पन्‍न भइसक्नुपर्ने थियो । संकट र असजिलो पर्दाका उपयोग गर्न तय भएको विधानको सुविधालाई दुरुपयोग गर्दै एक वर्ष पछाडि धकेल्ने काम भयो । अर्थात् त्यो समयमा २०७७ फागुन सातदेखि १० सम्म महाधिवेशन तय भएको थियो । त्यससमयमा कोभिडले असहजता ल्याएको थियो त्यही बाहनमा कानुनी व्यवस्थाअर्न्तगत ६ महिना पर सार्ने काम भयो । अब कुनै सुविधाले पनि मिति सार्न सक्ने अवस्था छैन् ।

    ‘न कुनै कानुनी तवरले न त पार्टीको विधानले नै महाधिवेशन सार्ने छुट दिएको छ । डेढ वर्ष पहिले गर्नुपर्ने महाधिवेशन अझै ढुलमुले अवस्थामा रहनु कांग्रेसको लागि दुःखद हो,’ सभापतिको प्रत्यासीका रुपमा उभिएका डा. शेखर कोइरालले भने, ‘अब पार्टीको महाधिवेशन पछि सारेको खण्डमा हाम्रो वैधानिकतामा प्रश्न उठ्छ । त्यसो हुन हामीले दिनु हुँदैन । कुनै बहानामा पनि महाधिवेशन पर सार्ने छुट नेपाली कांग्रेसलाई छैन । हाम्रो नैतिकताले दिँदैन ।’

    महाधिवेशन गर्ने समय गुजार्दै संविधानले दिएको ६ महिने छुटको प्रावधान सकिनै लाग्दासमेत महाधिवेशनको विषयमा नेतृत्व गम्भीर नहुनलाई ‘कांग्रेसका दु:ख’ भनिन थालेको छ । सरकार चलाउने कि पार्टी मिलाउने दुवैको दबाबमा देउवा छन् । उनी नेतृत्व सरकार झण्डै राष्ट्रियस्तरको मिलिजुली सरकार जस्तै छ । त्यसैले उनलाई बाहिर देखेजस्तो सहजता छैन । राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई कि फेरबदल गर्न देउवाले सक्नुपर्‍यो अन्यथा लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले कसरी भदौको म्याद पुनः फेरबदल गर्नसक्छ र ?

    चास्‍नीको वरिपरी घुमिरहेका केही नेताहरूले भने भदौमा महाधिवेशन गर्न नसकिए के गर्ने भन्‍ने छलफल गरिरहनु लज्जास्पद छ । ऐनका प्रावधानलाई ध्यान नदिएर अनेकन बाहनाबाजीमा लाग्‍न नेपाली कांग्रेसको लोकतान्त्रिक छवि के होला ? आगामी आमनिर्वाचनमा नेपाली कांग्रेसले के एजेण्डा जनतामा प्रस्तुत होला ? यस्ता विषयलाई ध्यानमा राखेर नेतृत्व र नेतृत्वको छेउमा रहेर रणनीति बनाउने रणनीतिकारहरूले यस्ता विषयलाई ध्यान दिन सक्नुपर्छ ।

    भदौमा महाधिवेशन हुन सकेन भने आम मानिसबाट कांग्रेसप्रति हेर्ने देष्टिकोणमा परिवर्तन हुनेछ । पछिल्लो युवा पुस्ताले कांग्रेस कसरी लोकतान्त्रिक छ भन्‍ने प्रश्न उठाउन थालिसकेका छन् । यस्तो अवस्थामा लोकतन्त्रकै परिभाषा नै कुल्चने कुनै नियम लिएर नेतृत्वमा बस्‍न कोही खोज्छ भने यसले दुर्घटना निम्त्याउँछ । किनकि अबको निर्वाचनमा अधिक भोट युवाको नै हुनेछ । खाडी पुगेका युवा पनि अधिक फर्केको कुरा ख्याल गरौँ ।

     

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्, ‘यहाँ कता कता काल्पनिक कुराहरू सुनेको छु । त्यतातिर जाने काम नै नगर्दा राम्रो । तोकिएको समयमा केन्द्रीय महाधिवेशन अनिवार्य र परिहार्य छ । यसमा मन डुलाउने फाइदा/बेफाइदा हेर्ने कुरै छैन् ।’ क्रियाशील सदस्यको विषय टुंगो नलागेकाले अन्य तल्लो अधिवेशन तय गरेर माथिल्लो महाधिवेशन तोकिएको समयमा गर्नु उचित हुने धारणा पौडेलको छ ।

    वडा तहको अधिवेशन एक साता धकेलिएपछि अन्य पनि तलमाथि हुन्छ, यद्यपि केन्द्रीय महाधिवेशन तोकिएको समयमा अपरिहार्य छ । कांग्रेस पदाधिकारीको बैठक देउवा निवास बूढानिलकण्ठमा चलिरहँदा प्रवक्ता विश्व प्रकाश शर्मा भन्छन्, ‘मूल महाधिवेशन सर्ने कुरै छैन । सर्दा पनि सर्दैन तर तल्लो तहमा केही दिन तलमाथि हुनसक्छ । छलफल भइरहेको छ ।’

    सत्तामा जानेको सूचीदेखि क्रियाशील सदस्यको किचलो एकै पटक देखा परेको छ । प्रवासबाट सूची नआउँदा नै साढे आठ लाख क्रियाशील सदस्य पुगेको कांग्रेस महाधिवेशनको समयमा सधैँ क्रियाशील सदस्य विवाद हुने गरेको छ । छानबिनपछि ५० हजार सूची थपिने देखिन्छ । यसबाट स्पष्ट हुन्छ क्रियाशील सदस्य नौ लाखभन्दा बढी हुनेछ । त्यही सदस्यतामा कुरा नमिलेपछि प्रदेश दुईका अधिकांश क्रियाशील सदस्य सानेपा पार्टी कार्यालय धर्नामा छन् । हुन त, त्यो टुंगो लागाउने जिम्मा महत दाजुभाइ डा. रामशरण र प्रकाशशरणले पाएका छन् । टुंगिन्छ कि झन् बल्झने हो त्यो हेर्न बाँकी छ । धेरैको ध्यान भने बूढानिलकण्ठ बैठकमा सभापतिको के भन्‍नुहुन्छ भन्‍नेमा नै थियो र आगामी दिनमा पनि त्यही रहँदा कांग्रेसजनमा उत्साह मर्नेछ ।

    प्रकाशित मिति :श्रावण ९ २०७८ शनिवार - १३:३६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij