Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

संविधानको धारा ७६ (५) को जवाफ दिन नसकेर सुवास नेम्वाङ प्रतिनिधिसभा बैठकबाट भागेका हुन् ?

संविधानको धारा ७६ (५) को जवाफ दिन नसकेर सुवास नेम्वाङ प्रतिनिधिसभा बैठकबाट भागेका हुन् ?


  • 15.5K
    Shares

    संविधानको धारा ७६ (५) को जवाफ दिन नसकेर सुवास नेम्वाङ प्रतिनिधिसभा बैठकबाट भागेका हुन् ?

    संविधानको धारा ७६ (५) किन राखेको भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङलाई सोध्न खोजेको बताएका छन् । आफूले त्यो कुरा सोध्न खोजेको तर नेम्वाङ भने जवाफ नै नसुनी प्रतिनिधिसभा बैठकबाट बाहिरिएको भन्दै देउवाले असन्तुष्टि जनाए । 

    प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिने कार्यसूची थियो । यस्ता बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासहित सबै राजनीतिक दलका नेताहरू उपस्थित हुने परम्परा छ । तर, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली भने उपस्थित भएनन् ।

    प्रमुख प्रतिपक्षी दलको तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले देउवालाई बधाई तथा शुभकामना दिए । उनले राजनीतिक दलहरूले नयाँ संस्कृति निर्माण गर्नुपर्ने बताएका थिए । तर, उनी आफै भने प्रधानमन्त्रीमाथि आफूले उठाएका प्रश्नको जवाफ नसुनी प्रतिनिधिसभा बैठक छोडेर बाहिरिए ।

    राजनीतिक दलका नेताहरूले दिएको बधाई तथा शुभकामनाप्रति धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले नेम्वाङप्रति व्यंग गरे । 'यहाँ विपक्षी दलका नेता हुनुहुन्न । उपनेता, पूर्वसभामुख पनि आफूले बोलेर संस्कृतिका कुरा गरेर जवाफ नसुनीकन हिँड्नुभयो,' उनले भने, 'यो संविधानमा ७६ ( ५) किन लेख्नुभयो ? भनेर सोध्नेवाला थिए ।'

    नेम्वाङले संविधान निर्माण भएपछि सार्वजनिक रूपमा राखेका धारणा स्मरण गर्दै प्रधानमन्त्री देउवाले भने, 'उहाँले अब कहिले पनि यो संविधान भत्किने छैन, संसद् विघटन हुने छैन भनेको झल्झली सम्झन्छु ।'

    जेठ ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार कुनै पनि सांसदले बहुमत पुर्‍याउन सक्नुहुन्छ भने दाबी गर्न आह्वान गरेको र सोहीअनुसर आफूहरू बहुमत सांसदको हस्ताक्षर लगेर गएको देउवाले बताए । राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेर संसद्‌मा विश्वासको मत लिन पठाउनुपर्नेमा त्यसो नगरेको देउवाले बताए । त्यसो नगरे सांसदहरूको सनाखत गर्न सक्नेमा पनि त्यो नगरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

    संविधानको धारा ७६ को उपधारा ५ किन लेखिएको भन्ने पूर्वसभामुख नेम्वाङलाई राम्रोसँग जानकारी रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।विश्वासको मत लिने क्रममा कांग्रेसले ह्वीप जारी नगरेको तर काठमाडौं आएर आफ्नो पक्षमा भोट हाल्न अनुरोध गरेको भन्दै प्रधानमन्त्री देउवाले त्यस्तो अनुरोध अन्य दलका सांसदलाई पनि गरिएको बताए । कांग्रेसले विश्वासको मत लिने क्रममा ह्वीप जारी गरेको नेम्वाङले आरोप लगाएका थिए ।

    प्रकाशित मिति :श्रावण ८ २०७८ शुक्रवार - १६:५१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij