२०८२ माघ १५ गते बिहिवार
प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै अवस्थामा पनि सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्ने बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले आफ्नो प्राथकिता अहिले खोप नै भएको जिकिर गरे । उनले उस्तै अवस्था आएमा ऋण लिएर भए पनि सबै नागरिकलाई खोप लगाउने बताए । उनले भने, ‘जस्तो सुकै अवस्था किन नआओस् । हामी ऋण लिएर भए पनि, जति महँगो भए पनि खोप किनेर जनतालाई लगाउने प्रतिवद्धता पूरा गरिछाड्छौं ।’
प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५÷७ महिना मात्र रहने भन्दै उनले यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए ।
बधाई दिने क्रममा प्रतिपक्षी दलका नेता सुवा नेम्वाङले कांग्रेस र माओवादीमा राजनीतिक संस्कार नभएको आरोप लगाएका थिए । त्यसको प्रतिउत्तरमा कांग्रेस नेता प्रकाशमान सिंहले सत्तामा हुँदा मनोमानी गर्नेले अहिले प्रतिपक्षमा बसेर संस्कारको कुरा गर्न नसुहाउने बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij