Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सुवास नेम्वाङको कुरा सुनेर प्रकाशमानको तात्यो पारो, नेम्वाङलाई ठहरै पार्ने गरि हाने यसरी झटारो

सुवास नेम्वाङको कुरा सुनेर प्रकाशमानको तात्यो पारो, नेम्वाङलाई ठहरै पार्ने गरि हाने यसरी झटारो


  • 5.1K
    Shares

    सुवास नेम्वाङको कुरा सुनेर प्रकाशमानको तात्यो पारो, नेम्वाङलाई ठहरै पार्ने गरि हाने यसरी झटारो

    कांग्रेस नेता प्रकाशमान सिंहले सुवास नेम्वाङको नैतिकतामा प्रश्न उठाएका छन् । संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिने क्रममा उठाएका प्रश्नका आधारमा नेता सिंहले नेम्वाङमाथि प्रश्न उठाएका हुन् ।
     
    “आफूलाई संविधानविद् भन्नुहुन्छ, कानुनविद् भन्नुहुन्छ,” सिंहले भने, “तर, संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री चयन हुँदा परामादेशबाट भन्नुहुन्छ ।” उनले संविधानसभाको अध्यक्षसमेत भएर काम गरेको मान्छेबाटै संविधानका विषयमा अनविज्ञता प्रकट हुनु आश्चार्य भएको बताए ।
     
    “उहाँ (सुवास नेम्वाङ) त संविधानसभाको अध्यक्ष पनि हुनुहुन्थ्यो, अव संसद मर्दैन पनि उहाँ नै भन्नुहुन्थ्यो,” सिंहले प्रश्न गरे, “संविधानको धारा ७६(५) लेख्दा उहाँ कहाँ हुनुहुन्थ्यो ? आफूलाई संविधानविद्, कानुनविद भनेर संविधानमा नभएका कुरा गर्दै हिड्न पाइन्छ ?” उनले जिम्मेवार व्यक्तिबाट जिम्मेवार भूमिका निर्वाह भएन भने त्यसले गलत परिणाम दिने बताए ।
     
    “यो सरकार परमादेशको भएकाले जनादेश छैन भन्नुहुन्छ,” सिंहले भने, “संसदले विश्वास दिएको होइन शेरबहादुर देउवालाई, त्यो परमादेश हो कि जनादेश हो ।”

    जनप्रतिधिले दिएको जनमत पनि जनादेश हो भन्दै उनले प्रश्न उठाए ।

    प्रकाशित मिति :श्रावण ८ २०७८ शुक्रवार - १४:४६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij