Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

दोबाटेलाई कसले दियो बाटैमा धोका ? रामचन्द्र संगै वनवास पठाउन किन हतारिए देउवा ?

दोबाटेलाई कसले दियो बाटैमा धोका ? रामचन्द्र संगै वनवास पठाउन किन हतारिए देउवा ?


  • 4.7K
    Shares

    दोबाटेलाई कसले दियो बाटैमा धोका ? रामचन्द्र संगै वनवास पठाउन किन हतारिए देउवा ?

    गण्डकी प्रदेश सरकारको मन्त्रीमा छानिएका नेपाली कांग्रेस सांसद दोबाटे विक अन्तिम अवस्थामा आएर नाम काटिएको छ । दोबाटेको शुक्रबार सपथग्रहणका लागि जाँदा–जाँदै नाम काटिएको हो ।

    गण्डकी प्रदेश कांग्रेसले शुक्रबार तीन मन्त्रीको नाम छानेर १ बजे सपथग्रहणका लागि बोलाइएको थियो । छानिएका तीन मन्त्रीमध्ये मणिभद्र शर्मा र मेखलाल श्रेष्ठले सपथ लिँदैछन् । तर, दोबाटे विकको भने नाम काटिएको छ । मणिभद्र पर्यटन र मेखलाल सामाजिक विकासमन्त्री नियुक्त भएका छन् ।

    दोबाटे कानुनमन्त्री बन्दै थिए । तर, सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षीय कास्कीका प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई कानूनमन्त्री बनाउन दबाब परेपछि दोबाटे विकको नाम काटिएको बताइएको छ । दोबाटे रामचन्द्र पौडेल पक्षीय हुन् । सुरुमा देउवा पक्षले पनि दलित कोटा बाट दोबाटे विकलाई मन्त्री बनाउने बताएको थियो। 

    प्रकाशित मिति :श्रावण ८ २०७८ शुक्रवार - १४:०१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij