Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सत्ताको टेको लगाउन र देउवालाई चलाउन सत्तारुढ गठबन्धनले बनायो यस्तो कार्यदल, को-को छन् सदस्य ?

सत्ताको टेको लगाउन र देउवालाई चलाउन सत्तारुढ गठबन्धनले बनायो यस्तो कार्यदल, को-को छन् सदस्य ?


  • 3.8K
    Shares

    सत्ताको टेको लगाउन र देउवालाई चलाउन सत्तारुढ गठबन्धनले बनायो यस्तो कार्यदल, को-को छन् सदस्य ?

    सत्तारुढ गठबन्धनले शेरबहादुर देउवा नेतृत्वको सरकार सञ्चालनमा सहयोग गर्न कार्यदल बनाउने भएको छ। कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल बनाउन लागिएको हो। 

    सरकारले गर्ने कामका बारेमा न्यूनतम साझा कार्यक्रम बनाउने, मन्त्रालय बाँडफाँट गर्ने र राजनीतिक नियुक्तिका विषयमा छलफल र सरकारलाई सहयोग गर्न कार्यदल बनाउन लागिएको सत्ता गठबन्धनका एक नेताले जानकारी दिए। सम्भवतः आजै कार्यदल बनाउने र कार्यदलको बैठक बस्ने ती नेताले जानकारी दिए। 

    कार्यदलमा कांग्रेसबाट खड्कासहित, डा. मिनेन्द्र रिजाल र रमेश लेखक रहने चर्चा छ। यस्तै  माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन्। एमालेको माधवकुमार नेपाल समुहलाई समेत कार्यदलमा समावेश गर्ने तयारी भइरहेको बुझिएको छ। 

    असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले असार ३ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेका छन्। पहिलो चरणमा कांग्रेसबाट २ र माओवादी केन्द्रबाट २ जनालाई मन्त्री बनाएका देउवाले मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन्। कार्यदलले मन्त्रीपरिषद् विस्ताका लागि पनि देउवालाई सघाउने छ।

    प्रकाशित मिति :श्रावण ८ २०७८ शुक्रवार - १३:१०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij