Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

तीन गते रन्किएका भीम रावल आज ८ गते किन सेलाए ? राजीनामा फिर्ता लिएर क-कसलाई खेलाए ?

तीन गते रन्किएका भीम रावल आज ८ गते किन सेलाए ? राजीनामा फिर्ता लिएर क-कसलाई खेलाए ?


  • 4.0K
    Shares

    तीन गते रन्किएका भीम रावल आज ८ गते किन सेलाए ? राजीनामा फिर्ता लिएर क-कसलाई खेलाए ?

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन्। असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए। 

    देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएका थिए। रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए। तर, पत्रकारलाई आफूले राजीनामा दिएको जानकारी दिएका थिए।

    राजीनामा फिर्ता गर्न आग्रह गर्दै एमाले वरिष्ठ नेता नेपाल बिहीबार रावल निवास टोखा पुगेका थिए। त्यस्तै‚ सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि उनलाई राजीनामा फिर्ता लिन दवाब दिएका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।

    रावलले आज बस्ने प्रतिनिधिसभा बैठकअघि राजीनामा फिर्ता लिएका हुन् । रावलले एमालेको विवाद समाधान गर्न नेपाल समूहबाट कार्यदलको संयोजक भएर १० बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए। तर, वरिष्ठ नेता नेपालले त्यसको कुनै अर्थ नभएको भन्दै फर्काएपछि रावल नेपालसँग चिढिएका थिए।

    प्रकाशित मिति :श्रावण ८ २०७८ शुक्रवार - १२:५१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij