Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रधानमन्त्री देउवाको बुई चढ्दा पनि किन मन्त्री बन्न सकेनन् गण्डकीका यी दुई भाई सांसद

प्रधानमन्त्री देउवाको बुई चढ्दा पनि किन मन्त्री बन्न सकेनन् गण्डकीका यी दुई भाई सांसद


  • 3.8K
    Shares

    प्रधानमन्त्री देउवाको बुई चढ्दा पनि किन मन्त्री बन्न सकेनन् गण्डकीका यी दुई भाई सांसद

    लामो रस्साकस्सी पश्चात् गण्डकीमा सत्ताको नेतृत्व गर्ने दल नेपाली कांग्रेसले मन्त्री बन्ने सांसदको नाम टुंगो लगाएको छ । सरकार बनेको डेढ महिनापछी कांग्रेसले पाउने थप ३ मन्त्रालय सम्हाल्ने मन्त्रीको टुंगो लागेको हो ।

    स्रोतका अनुसार कांग्रेसबाट स्याङ्जाका मेखलाल श्रेष्ठ, तनहुँका डोबाटे विश्वकर्मा र बागलुङका मणिभद्र शर्मा कँडेल मन्त्री बन्दैछन् ।

    यी तिनै जना सांसद समानुपातिक निर्वाचित हुन् । यसअघि गत जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सङ्गै सपथ लिएका कुमार खड्का पनि समानुपातिक सांसद हुन् । कास्कीका खड्काले अहिले शिक्षा, विज्ञान प्रविधी तथा सामाजिक विकास मन्त्रालय सम्हालेका छन् ।

    कांग्रेसले अब पाउने तीन मन्त्रालय भौतिक पूर्वाधार, पर्यटन र कानुन, सञ्चार तथा प्रदेश सभा मामिला हुन् ।

    यी तीन मन्त्रालय कसले पाउने भन्ने तय भैसकेको छैन । शुक्रबार १ बजे नवनियुक्त मन्त्रीको सपथ कार्यक्रम तय भएको छ । त्यहाँ नै मन्त्रीहरुको कार्यविभाजन टुंगो लाग्ने स्रोतले बतायो ।

    यता, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको ‘आशिर्वाद’ प्राप्त दुइजना सांसद भने मन्त्री नबन्ने भएका छन् । स्रोतका अनुसार कास्कीका विन्दुकुमार थापालाई मन्त्री बनाउन स्वयम् देउवाले नै पहल लिएका थिए । तर, थापा मन्त्री नबन्ने भएका छन् । निकै दबाबबीच  मुख्यमन्त्री पोखरेलले शुक्रबार बिहान मात्र कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा सहभागी हुनेको नाम टुंग्याएका हुन् ।

    दिउँसो १ बजे प्रदेश प्रमुखको निवासमस कांग्रेसका तीनसहित माओवादीका पनि ३ जना मन्त्रीले सपथ लिँदैछन् ।

    माओवादी केन्द्रले बिहीवार टुंगो लगाए अनुसार कास्कीका रामजी बराल अर्थ, बागलुङका चन्द्र बुढामगर कृषि र स्याङ्जाका दीपक घर्तीले वन तथा वातावरण मन्त्रीको रुपमा सपथ लिनेछन् ।

    प्रकाशित मिति :श्रावण ८ २०७८ शुक्रवार - १२:३८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij