Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानिलकण्ठमा सुरु

नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानिलकण्ठमा सुरु


  • 6.2K
    Shares

    नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानिलकण्ठमा  सुरु

    काठमाण्डौँ । बूढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठकमा पूर्वपदाधिकारीहरु पनि छन् ।

    केही बेरअघि सुरु भएको बैठकमा महाधिवेशनसम्बन्धी छलफल हुने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा यो बैठक सुरु भएको हो । यसअघि प्रधानमन्त्री देउवाले बालुवाटारमा पार्टीको बैठक बोलाएपछि यसको आलोचना भएको थियो । आलोचना भएसँगै उनले अब पार्टी बैठक बालुवाटार प्रधानमन्त्री निवासमा नराख्ने दृढता व्यक्त गरेका छन् ।

    बैठकमा क्रियाशिल सदस्यता विवाद छानबिन समितिका संयोजक रमेश लेखकले कार्यप्रगति विवरण पेश गर्दै छन् ।

    कांग्रेसले वडा अधिवेशन १२ साउनमा गर्ने तय गरे पनि क्रियाशिल सदस्यता विवाद नटुंगिएकाले अहिलेसम्म यसको टुंगो लागेको छैन । अब कांग्रेसको वडा अधिवेशन केही दिन सर्न सक्ने बताइएको छ ।

    प्रकाशित मिति :श्रावण ८ २०७८ शुक्रवार - ११:१४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij