Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

बालुवाटारमा कांग्रेसले पार्टीका बैठक गर्दै नगर्ने, बुढानिलकण्ठमा बढ्दैछ राप र ताप

बालुवाटारमा कांग्रेसले पार्टीका बैठक गर्दै नगर्ने, बुढानिलकण्ठमा बढ्दैछ राप र ताप


  • 5.9K
    Shares

    बालुवाटारमा कांग्रेसले पार्टीका बैठक गर्दै नगर्ने, बुढानिलकण्ठमा बढ्दैछ राप र ताप

    नेपाली कांग्रेसले पार्टीको औपचारिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ।
    सरकारी सम्पत्तिलाई पार्टीको काममा दुरुपयोग गरिएको भन्दै आलोचना भएपछि कांग्रेस पार्टीका बैठकहरु सरकारी कार्यालय र खर्चमा नगर्ने निर्णय गरेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

    केपी ओली नेतृत्वको सरकारले पार्टीका बैठकदेखि ओली वंशको भेलासमेत बालुवाटारमै गरेपछि आलोचना हुँदै आएको थियो। यसअघि कांग्रेस सरकारमा हुँदा पनि प्रधानमन्त्रीकै निवासबाट पार्टीका गतिविधि सञ्चालन हुन्थे।

    सरकारी निवासमा बैठक नगर्ने जानकारी दिँदै महामन्त्री खड्काले शुक्रबार बिहान पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने जानकारी दिए। अघिल्ला प्रधानमन्त्री केपी ओलीले बालुवाटार बाटै पार्टी चलाएका थिए। 

    पार्टी कार्यालय सानेपामा क्रियाशिल सदस्यता वितरणप्रति असन्तुष्टि जनाउँदै कार्यकर्ता अनशन बसेकाले त्यहाँ बैठक राख्दा नेताहरुविरुद्ध नाराबाजी र होहल्ला हुने भएपछि कांग्रेसले सभापतिको निवासमा बैठक राखेको एक नेताले बताए।

    प्रकाशित मिति :श्रावण ७ २०७८ बिहिवार - १६:४९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij