Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

माफी दिएँ अब आइन्दा दाँयाबाँया नगरौ भन्दै ओलीले गरे यस्तो बाचा, अब के गर्लान माधव नेपाल ?

माफी दिएँ अब आइन्दा दाँयाबाँया नगरौ भन्दै ओलीले गरे यस्तो बाचा, अब के गर्लान माधव नेपाल ?


  • 5.6K
    Shares

    माफी दिएँ अब आइन्दा दाँयाबाँया नगरौ भन्दै ओलीले गरे यस्तो बाचा, अब के गर्लान माधव नेपाल ?

    माधव नेपाल समूहलाई लक्षित गर्दै एमाले अध्यक्ष केपी ओलीले सबैलाई माफी दिएको घोषणा गरेका छन्। नेकपा संस्थापक नेता पुष्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै ओलीले माधव नेपाल पक्षलाई लक्षित गर्दै सबैलाई माफी दिएको घोषणा गरेका हुन्।

    उनले नेपाल समूहको नाम नलिइकन सबैलाई माफी दिएको घोषणा गरेका थिए। ‘कोही कतै बाटो बिराएर जानुभएको छ भने आउनुस् मैले माफी दिएँ,’ उनले भने।

    बुधबार मात्रै ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएको बताएका थिए।

    ‘हामी हाम्रै पार्टीभित्रको कलहले गर्दा कम्युनिष्ट आन्दोलनमा धक्का लागेको छ, आफ्नै पार्टीको सरकार ढलेको छ,’ उनले भने, हामी परमादेशबाट जानुपरेको छ, जनादेशबाट होइन।’ ओलीले बुधबार नै २२ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए। तर, बिहीबार भने उनले सबैलाई माफी दिने घोषणा गरेका थिए।

    उनले कम्युनिष्ट आन्दोलन काँक्राको चिचिलोजस्तो औंलो देखाउँदैमा झर्ने वा कर्कलाको पानीजस्तो एकातिर ढल्किँदैमा पोखिने नभएको दाबी गरे।

    प्रकाशित मिति :श्रावण ७ २०७८ बिहिवार - १६:१८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij