२०८२ माघ १५ गते बिहिवार
पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान र कुकर्म सहेर एमाले (घर)मा बस्न नसकिने बताएका छन् ।
“एमाले अघि बढ्छ कि बढ्दैन पर्खेर हेरेका छौँ । सुध्रिन्छ रुपान्तरण हुन्छ भने एकता भएर अघि बढ्छ,” नेपालले भने, “अपमान सहेर घरमा कोही बस्दैन । कुकर्म सहेर घरमा बस्नुहुँदैन । म पुष्पलालको स्कुलिङबाट अघि बढेको व्यक्ति हुँ ।”
नेपालले पार्टीभित्र दुई अध्यक्षको प्रस्ताव एमाले एकताको पक्षमा नरहेको बताएका छन् ।
वरिष्ठ नेता नेपालले अल्मल्याउँन र भ्रम सृजना गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षको प्रस्ताव गरेको बताए । केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउँन तयार रहेको बताएका थिए । पार्टीको विधान विपरित दोस्रो अध्यक्ष प्रस्ताव गरेर अध्यक्ष ओलीले एकता हुन नदिने खेल खेल्न खोजेको नेता नेपालले आरोप लगाए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij