Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

जसपा आधिकारिकता विवादमाथि निर्वाचन आयोगमा सुनुवाइ जारी

जसपा आधिकारिकता विवादमाथि निर्वाचन आयोगमा सुनुवाइ जारी


  • 4.5K
    Shares

    जसपा आधिकारिकता विवादमाथि निर्वाचन आयोगमा सुनुवाइ जारी

    काठमाडौं । निर्वाचन आयुक्तको इजलासमा जनता समाजवादी पार्टी ९जसपा० को आधिकारिकतासम्बन्धी विवादमाथिको सुनुवाइ सुरु भएको छ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको अध्यक्षतामा इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुन सम्शेर जबरासहितको इजलास गठन भएको छ । 

    गत आइतबारको बहसमा आयोगले जसपाको दुवैपक्षलाई आधिकारिक कागजात बुझाउन आदेशपछि दुवै पक्षले आ-आफ्नो प्रमाण पेस गरिसकेका छन् । बिहीबार त्यसमा बहस हुने बताईएको छ । आयोगले आजै आधाकारिकताको टुंगो लगाउसक्नेछ । 

    पार्टीको आधिकारिकतामा दुबै पक्ष (अध्यक्ष उपेन्द्र यादव र अध्यक्ष महन्थ ठाकुर) आफ्नो दावी गरेका छन् । तशर्थ आधिकारितासम्बन्धी विवाद हटाउन आयोगले इजलास गठन गरेर सुनुवाइ सुरु गरेको हो।

    प्रकाशित मिति :श्रावण ७ २०७८ बिहिवार - १३:२७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij