Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सांसदलाई सोधिएको २४ घण्टे स्पष्टीकरणको समय आज सकिँदै, तत्काल कारबाही नगर्ने मुडमा ओली

सांसदलाई सोधिएको २४ घण्टे स्पष्टीकरणको समय आज सकिँदै, तत्काल कारबाही नगर्ने मुडमा ओली


  • 4.1K
    Shares

    सांसदलाई सोधिएको २४ घण्टे स्पष्टीकरणको समय आज सकिँदै,  तत्काल कारबाही नगर्ने मुडमा ओली

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको पक्षमा मत दिएका नेकपा (एमाले)का सांसदलाई सोधिएको २४ घण्टे स्पष्टीकरणको समय आज सकिँदै छ ।

    वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहँदै आएका २२ सांसदलाई बुधबार स्पष्टीकरण सोधिएको थियो । खनाल–नेपाल समूहले स्पष्टीकरण सोधिनुलाई पार्टी एकतामा भाँजो हाल्ने कामको संज्ञा दिएको छ ।

    बुधबार बसेको नेपालनिकट स्थायी कमिटी सदस्यहरुको बैठकपछि नेता रघुजी पन्तले स्पष्टीकरण सोधेर पार्टी एकतामा भाँजो हाल्न खोजिएको बताएका थिए ।

    स्पष्टीकरण सोधिए पनि तत्काल कारबार्ही गर्ने तयारी भने गरिएको छैन । हिजोको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अधिकतम लचिलो बन्न तयार भएको बताएका थिए । उनले नेता नेपाललाई आफू दोस्रो अध्यक्ष दिन तयार भएको ‘ब्रिफिङ’ बैठकमा गरेका थिए ।

    जारी केन्द्रीय कमिटी बैठकमा स्पष्टीकरण सोधिएका सांसदलाई कारबाही गर्ने तयारी नभएको एक केन्द्रीय सदस्य बताउँछन् । “पार्टीले विश्वासको मतमा भोट नहाल्नु भनेको छ । पक्षमा मत हालेपछि स्पष्टीकरण त सोध्दै पर्‍यो नि । तर, पार्टी मिलाउने प्रयास जारी छ । हदैसम्म मिलाउन तयारी गर्ने हो । कारबाही गर्ने कुरा अहिले छैन, ती नेताले भने, “अब केही दिनमा मिल्यो भने मिलिहाल्यो, नभए पार्टी एकताको सम्भावना कम छ ।”

    यही साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मतको पक्षमा एमालेका २२ सांसदले मतदान गरेका थिए । केन्द्रीय कमिटीको ४ गते बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जारी केन्द्रीय कमिटी बैठक आज सकिने बताइएको छ ।

    प्रकाशित मिति :श्रावण ७ २०७८ बिहिवार - १२:५५:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij