२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल आए एमालेमा दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका छन् । तर, आफ्नो प्रयासलाई कमजोरी ठानी पार्टी कब्जा गर्ने नियत हो भने त्यस्तो उद्देश्य पूरा नहुने बताएका छन् ।
यस अघि प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका सूर्य थापाले सामाजिक संजालमा लेख्दै पार्टी मिलाउन दोस्रो अध्यक्ष दिन ओली तयार रहेको र केन्द्रीय कमिटीलाई सम्झाउने बताए पनि बहुमत नभएको केन्द्रीय कमिटिको निर्णय नमान्ने बताएर पार्टी कब्जाकै नियत नेपालले राखेको बताएका हुन् ।
‘माधवकुमार नेपाल पार्टीमा आउने भए दोस्रो अध्यक्ष दिन्छु,केन्द्रीय कमिटीलाई सम्झाउँलासम्म भनेको थिएँ,उहाँले बहुमत नभएको कमिटीका निर्णय कहाँ मान्छु भनेको समेत साथीहरूले सुनाउनुभयो। उहाँको त्यो मक्सद त पूरा हुँदैन। बहुमत त हामीलाई निश्कासन गरेर पार्टी कब्जा गर्न चाहिएको हो !’ ओलीको भनाइ उद्यृत गर्दै थापाले भनेका छ्न् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij