Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

जसपा आधिकारिकता विवाद : के आयोगले लाउँला त टुंगो ? कसले पाउलान् आधिकारिकता ?

जसपा आधिकारिकता विवाद : के आयोगले लाउँला त टुंगो ? कसले पाउलान् आधिकारिकता ?


  • 5.0K
    Shares

    जसपा आधिकारिकता विवाद  :  के आयोगले लाउँला त टुंगो ? कसले पाउलान् आधिकारिकता ?

    काठमाडौं । पार्टीभित्र विवाद बढेपछि औपचारिक रुपमै विभाजन गर्ने निर्णयमा पुगेको जनता समाजवादी पार्टीको आधिकारिकता सम्बन्धी विवादको टुंगो निर्वाचन आयोगले आज लाउँदैछ । 

    आयोगको इजलासमा बहस सकिएपछि सम्भवतः आजै आदेश आउन सक्ने निर्वाचन आयोगले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गरेपछि महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहबीच विवाद बढेको थियो । 

    निरन्तर दुई सातासम्म एक अर्कामाथि कारबाहीको श्रृंखला चलाउँदै निर्वाचन आयोगसम्म पुगेका दुवै पक्षले अन्त्यमा मिल्ने नसकिने भन्दै आ–आफ्नो बाटो लाग्ने सहमति गरेका थिए । 

    तर, विभाजित भए पनि पार्टी चाहिँ कसको पक्षमा रहने भन्ने विवाद कायमै छ । उपेन्द्र पक्षले भने केन्द्रीय कार्यकारिणीको बहुमत निर्णयसहित दावी गरेको छ । 

    यता महन्थले पनि पुस ७ गतेको निर्णयलाई नै आधार मानेर कार्यकारिणी समिति हेरफेर गरी आयोगमा विवरण बुझाएका छन् । जसपाको संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवकै बहुमत छ । 

    सर्वोच्च अदालतको फैसलापछि ठाकुर पक्षका पाँच जना सांसद यादवको पक्षमा उभिएका छन् । केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा भएको बहुमतलाई आधार मान्ने हो भने उपेन्द्र यादवले नै पार्टीको आधिकारिकता पाउने सम्भावना बढी छ । 
     

    प्रकाशित मिति :श्रावण ७ २०७८ बिहिवार - १२:२०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij