Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीले थुतुनो थान्कोमा राखे पार्टी एकता हुने माधव पक्षको ठहर, भाँजो हाल्न ओलीलाई किन लाग्छ रहर ?

ओलीले थुतुनो थान्कोमा राखे पार्टी एकता हुने माधव पक्षको ठहर, भाँजो हाल्न ओलीलाई किन लाग्छ रहर ?


  • 5.2K
    Shares

    ओलीले थुतुनो थान्कोमा राखे पार्टी एकता हुने माधव पक्षको ठहर, भाँजो हाल्न ओलीलाई किन लाग्छ रहर ?

    नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपक्षका स्थायी कमिटी सदस्यहरुले नेताहरुविरुद्धका नाराबाजी रोकेर एकताको कामलाई अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले केपी ओलीको उग्रताको समेत बिरोध गरेका छन्। 

    बानेश्वरमा बुधबार बसेको खनाल–नेपालपक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले एकताका लागि वार्ता र १० बुँदे सहमति भएको अवस्थामा सांसदहरुलाई स्पष्टीकरण सोध्ने काम गलत भएको निष्कर्ष निकालेको हो । ‘छलफलमा सबैको जोड एकतामा रह्यो । एकता वार्ता चलिरहेको १० बुँदे सहमति भएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाउने साथै सर्वोच्च अदालतको फैसलाअनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि, नाराबाजी गर्ने काम तत्काल रोकिनु पर्छ,’ बैठकपछि नेता रघुजी पन्तले भने, ‘यस्ता कार्यविरुद्ध खेद व्यक्त गर्दै त्यस्ता गतिविधि तत्काल रोकेर पार्टी एकताको कामलाई अगाडि बढाउन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गर्दछ ।’

    बैठकमा उपाध्यक्ष भीम रावल उपस्थित नभएको उनले बताए । रावल विवाद समाधान गर्न गठन भएको कार्यदलको संयोजक थिए । देउवालाई विश्वासको मत नदिने यसअघि उक्त समूहमा सक्रिय अन्य नेताहरु भने सहभागी थिए ।

    बैठकमा सर्वोच्चको फैसलाविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई स्पष्टीकरण सोध्नु एकतामा भाँजो हाल्ले काम भएको पन्तले बताए । ‘स्पष्टीकरण सोध्नुपर्ने विषय हैन । फेरि स्पष्टीकरण सोध्नु भनेको एकता प्रक्रियामा भाँजो हाल्ने काम हो । यस्ता काम कतैबाट पनि हुनु हुँदैन,’ पन्तले भने, ‘अदालतको फैसलाले सांसदलाई विवेक प्रयोग गर्न भनेपछि अरु निहुँ ल्याएर स्पष्टीकरण सोधिनु हुँदैन ।’

    सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई २४ घन्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार केन्द्रीय कार्यालयले बुधबार सांसदहरुलाई स्पष्टीकरण मागेको पत्र पठाएको छ ।

    प्रकाशित मिति :श्रावण ६ २०७८ बुधवार - १६:५४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij