२०८२ माघ १५ गते बिहिवार
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले दुई वटा मन्त्रालय लिएर सरकारमा जाने भएको हो ।
अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटवार्तामा दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको हो । बुधबार बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
ठाकुर पक्ष सरकारमा जाने विषयमा जसपाको उपेन्द्र यादव पनि सहमत रहेकाे स्रोतले जानकारी दियो । महन्थ पक्षले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा सहमति भइनसकेको छैन् । साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका प्रधानमन्त्री देउवालाई जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो ।
यता नेकपा एमालेको माधव कुमार नेपाल समूहका नेताहरुको बैठक सुरु भएको छ। भचुर्अल माध्यमद्वारा बैठक बसेको हो। यो बैठकमा विघटित पार्टी एकता कार्यदलका सदस्यहरुसहित नेपाल पक्षका सबै नेताहरु सहभागी छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने/नदिने आफ्नो समूहका सबै नेताहरुलाई नेता नेपालले बैठकमा डाकेका छन्। स्रोतका अनुसार सम्भवतः यो बैठक पार्टी फुटाएर अघि बढ्ने कि एमालेमै रहेर संघर्ष जारी राख्ने भन्नेमा निर्णायक हुने छ।
नेपालले मंगलबार देउवालाई विश्वासको मत दिने सांसदहरुसँग मात्रै लामो छलफल गरेका थिए। उक्त बैठकमा केही दिनिभत्रै आफ्नो समूहमा बहुमत जुट्न सक्ने सम्भावना रहेकोले ओलीलाई अध्यक्षबाट हटाउने रणनीतिका साथ अघि बढ्नेसम्मको छलफल भएको थियो।
बैठकमा नेता मेटमणि चौधरीले ओली समूह त्यागेर धेरै सांसदहरु आफ्नो समूहमा आउने तयारीमा रहेको दाबी गरेका थिए। बैठकपछि सांसद रामकुमारी झाँक्रीले भनेकी थिइन्, ‘पार्टी एकताका लागि अब अध्यक्ष ओलीले पद त्यागेर मार्गप्रशस्त गर्नुपर्छ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij