२०८२ माघ १५ गते बिहिवार
प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता सुरु भएको छ। प्रचण्ड निवास खुमलटारमा मंगलबार साँझ ५ बजे भेटवार्ता सुरु भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
मन्त्रिपरिषद् विस्तार, उच्चस्तरीय राजनीतिक संयन्त्रलगायतका विषयमा छलफल गर्न देउवा दाहाल निवास खुमलटार पुगेको बताइएको छ।
दुई नेताबीच सरकारमा सहभागी गराउने मन्त्री, सरकार सञ्चालनका लागि उच्चस्तरीय संयन्त्र गठन लगायतका विषयमा छलफल हुने बताइएको छ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नुपर्ने बताउँदै आएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij