२०८२ माघ १५ गते बिहिवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन् ।
प्रचण्ले आज विहान कोटेश्वरमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी गरेलगत्तै प्रचण्ड बालुवाटार गएका हुन् । प्रचण्ड र उपेन्द्रलाई आफ्ना साम्सदले तुरुन्तै मन्त्री बनाउन दबाब दिएपछि भागबण्डा मिलाउन नेताहरु बीच तिब्र दौडधूप चलेको हो।
प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ । यो साताभित्रै मन्त्रिपरिषद विस्तार गर्नका लागि नेताहरूले सक्रियता बढाएका छन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री यसअघि नै नियुक्त गरेका थिए । मन्त्रिपरिषद २५ सदस्यीय बनाउन मिल्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij