२०८२ माघ १५ गते बिहिवार
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप आफूहरूले जुटाएको उल्लेख गर्दै खोप, खोप, खोप भनेर राजनीति नगर्न चेतावनी दिएका छन् । केन्द्रीय कमिटीको बैठकमा उनले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप ल्याएको भन्दै ओलीले राजनीति नगर्न भनेका हुन् ।
यसअघि पनि ओलीले सरकारबाट बाहिरिँदै गर्दा आफू नेतृत्वको सरकारले खोप ल्याएको तर, अर्को सरकार आउने बित्तिकै खोप ल्याएको दाबी गर्नेछन् भनी टिप्पणी गरेका थिए ।
आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पहिलो, दोस्रो र तेस्रो प्राथमिकता कोरोनाविरुद्धको खोप हुने बताएका थिए । देउवाको सोही भनाइप्रति लक्षित गरी ओलीले खोपमा राजनीति नगर्न भनेका हुन् । ओलीले बोलाएको बैठकमा माधव नेपाल गएनन्। माधव नेपालले बिश्वासको मत दिएका देउवा माथि बैठकमा ओली खनिएका हुन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij