Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

काठमाडौं उपत्यकामा थपिए ३४८ जना कोरोना संक्रमित, १५० महिला र १९८ पुरुष

काठमाडौं उपत्यकामा थपिए ३४८ जना कोरोना संक्रमित, १५० महिला र १९८ पुरुष


  • 6.8K
    Shares

    काठमाडौं उपत्यकामा थपिए ३४८ जना कोरोना संक्रमित, १५० महिला र १९८ पुरुष

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं १५० महिला र १९८ पुरुष गरी ३४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १५ हजार ७८० जना व्यक्ति संक्रमित भएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २५८ , ललितपुरमा ६५ र भक्तपुरमा २५ जनालाई  कोरोना संक्रमण देखिएको छ।  त्यसैगरी, आज काठमाडौंमा २ र ललितपुमा १ जना गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    हालसम्म काठमाडौंमा मात्र ९२ हजार ९४६ जना संक्रमित भएका छन्, जसमध्ये ४४३ जनाको मृत्यु भएको छ । हालसम्म ८८ हजार २५८  जना निको भएका छन् ।

    ललितपुरमा १४ हजार ३८२ जना संक्रमित भएका छन् । जसमा १३३ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १३ हजार ३९२ जना निको भएका छन् ।

    भक्तपुरमा ८ हजार ४५२ संक्रमितमध्ये ९७ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ५ जना निको भएका छन्।

     

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - १६:३१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij