Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रचण्डले ओलीलाई बाँकी नराखी यसरी दिए मुखमा बुझो लाग्ने गरी जवाफै-जवाफ

प्रचण्डले ओलीलाई बाँकी नराखी यसरी दिए मुखमा बुझो लाग्ने गरी जवाफै-जवाफ


  • 5.9K
    Shares

    प्रचण्डले ओलीलाई बाँकी नराखी यसरी दिए मुखमा बुझो लाग्ने गरी जवाफै-जवाफ

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेलाई सत्ताबाहिर हुँदा पनि ढाँठछल नगर्न चेतावनी दिएका छन् ।

    संसद्मा आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी छ ।

    संसद्को बैठकमा सम्बोधन गर्दै दाहालले भने, “हामी राष्ट्रपति कार्यालयमा अस्वाभाविक परिघटना भए । त्यहाँ प्रधानमन्त्री नियुक्तिमा प्रयोग भएको भाषा संविधानको मर्म र भावनाविपरीत थियो । शपथ ग्रहण रोकिएको थियो । हरेक पटक हामी शान्ति प्रक्रियामा आएपछि पनि आउने र जाने प्रधानमन्त्री साइड बाइ साइड कुर्सीमा बस्ने परम्परा थियो । शपथपछि कुर्सी साटिन्थ्यो । तर अहिले शेरबहादुर देउवाका सन्दर्भमा देखिएन । निवर्तमान प्रधानमन्त्री उपस्थित हुनुभएन । को भित्र लोकतान्त्रिक संस्कार छ ? भिन्न मतलाई स्वीकार गर्न सक्ने क्षमता को सँग छ ? नैतिकता र संस्कारको प्रश्न हो भन्ने ठान्छु त्यो ।”

    उनले व्यक्तिवाद, अहंकारवाद, चरम महत्वाकांक्षा ओलीमा रहेको बताए । 

    “भन्ने एउटा गर्ने अर्को ? त्यसको साक्षी हामी थिएनौँ ?,” दाहालले भने, “हामी ज्युँदै छौँ र उपस्थित छौँ के, अब चल्दैन ।  किन पत्याउने तपाईंलाई ? गोहीको आँशु देखाउने ? प्रणालीको चिन्ता अझै ?”

    प्रकाशित मिति :श्रावण ३ २०७८ आइतवार - १९:४१:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij