२०८२ माघ १५ गते बिहिवार
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिने भएका छन् । उनले अहिले केहीबेरमै संसद्मा विश्वासको मत लिन लागेका हुन् ।
संसदको कार्यसूचीअनुसार प्रधानमन्त्री देउवालाई विश्वासको मत लिने प्रस्ताव राख्न सभामुखले समय दिनेछन् ।
त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट प्रस्तावमाथिको छलफलमा भाग लिँदै धारणा राख्ने कार्यसूची तय भएको छ ।
उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विश्वासको मत निर्णयार्थ प्रस्तुत गर्नेछन् । त्यसपछि मतविभाजन हुनेछ ।
मत विभाजनका आधारमा निर्णय हुनेछ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।
प्रधानमन्त्री देउवाले जसपाका अध्यक्ष ठाकुरसँग विश्वासको मत माग्दै चिठी लेखेका थिए। उनले ठाकुर र उनी सम्बद्ध सांसदहरुको तर्फबाट आफूलाई समर्थन जनाउन आग्रह गरेका थिए। महन्थले पनि बिश्वासको मत दिने भएपछि देउवालाई माधव नेपाल पक्षका साम्सदले मत नदिए पनि बहुमत पुग्ने भएको छ। देउवाका पक्षमा एक सय असीको हाराहारीका साम्सदले बिश्वासको मत दिने भएका हुन्। एमालेका ४० जनाले बिश्वासको मत दिने बताईएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij