Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीको एमाले घेराबन्दीमा पर्यो,महन्थ ठाकुर पक्षले पनि देउवालाई बिश्वासको मत दिने

ओलीको एमाले घेराबन्दीमा पर्यो,महन्थ ठाकुर पक्षले पनि देउवालाई बिश्वासको मत दिने


  • 5.1K
    Shares

    ओलीको एमाले घेराबन्दीमा पर्यो,महन्थ ठाकुर पक्षले पनि देउवालाई बिश्वासको मत दिने

    जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ। 

    प्रधानमन्त्री देउवाले जसपाका अध्यक्ष ठाकुरसँग विश्वासको मत माग्दै चिठी लेखेका थिए। उनले ठाकुर र उनी सम्बद्ध सांसदहरुको तर्फबाट आफूलाई समर्थन जनाउन आग्रह गरेका थिए।

    प्रधानमन्त्री देउवाले आजको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन कार्यसूची छ। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका १९ सांसदले भने देउवालाई विश्वासको मत दिने भएका छन्। उपेन्द्र पक्ष यसअघि देखिनै देउवा नेतृत्वको गठबन्धनमा सहभागी छ।
    सो समूहका सांसद उमाशंकर अगररियाका अनुसार प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय भएको छ ।

    “प्रधानमन्त्रीले विश्वासको मतका लागि भनेर पत्र पनि पठाउनुभएको छ,” उनले भने, “उहाँको अनुरोधलाई हामीले स्वीकार गरेर विश्वासको मत दिने निर्णय भएको छ ।”

    प्रकाशित मिति :श्रावण ३ २०७८ आइतवार - १८:११:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij