२०८२ माघ १५ गते बिहिवार
सर्वोच्च अदालतद्वारा पुनःस्थापित प्रतिनिधि सभाको बैठक सुरु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको आजको बैठक सुरु भएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले २८ असारमा प्रतिनिधि सभा पुनःस्थापन गरेपछि आज पहिलो पटक बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुरले विश्वासको मत लिदैछन्।
आज प्रतिनिधिसभाका दुईवटा बैठक बस्नेछ । पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट आएका पत्रहरु प्रस्तुत गरिने, सरकारले ल्याएका अध्यादेशहरु प्रस्तुत गरिने तथा शोक प्रस्तावहरु पारित गरिने सभामुख अग्निप्रसाद सापकोटाले बताएका छन् ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij