२०८२ माघ १५ गते बिहिवार
जनता समाजवादी पार्टी (जसपा) बाबुराम भट्टराई– उपेन्द्र यादव समूहले बोलाएको बैठकमा १९ सांसद सहभागी भएका छन् ।
महन्थ ठाकुर र राजेन्द्र महतो समूहमा रहेका नेताहरु पनि बैठकमा सहभागी भएका एक सांसदले जानकारी गराए ।
यसअघि केपी शर्मा ओलीले राज्यमन्त्री बनाएकी रेणुका गुरुङ पनि बैठकमा सहभागी भएको उपेन्द्र यादवका सचिवलायका एक सदस्य मनिष चौरसियाले जानकारी दिए ।
१९ सांसदको सहभागितामा बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। एक जना राष्ट्रिय सभाका सांसद मृगेन्द्र सिंहले देउवालाई मत दिन पाउदैनन।
उता,नेकपा एमालेका सांसद डा. भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा घोषणा गरेका छन्।
दिउँसो सिंहदरबारमा भएको नेपालनिकट सांसदहरुको भेलामा एमालेका उपाध्यक्ष समेत रहेका रावलले यस्तो घोषणा गरेका हुन्।
सभामुख समक्ष आफ्नो राजीनामा बुझाउन नेता रावल संघीय संसद् भवनमा पुगेका छन् । रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् ।
यी हुन् देउवालाई विश्वासको मत दिने जसपाका सांसद
उपेन्द्र यादव
बाबुराम भट्टराई
महेन्द्र राय यादव
राजेन्द्र श्रेष्ठ
रेणुकुमारी यादव
अमृता अग्रहरि
रामसहाय यादव
मोहम्मद इश्तियाक राई
प्रदीप यादव
रामबाबु यादव
प्रमिला यादव
सुरेन्द्र यादव
सूर्यनारायण यादव
सत्यनारायण यादव
लिलादेवी सिटौला
नरमाया ढकाल
रानी मण्डल
रेणुका गुरुङ
प्रमोद साह
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij