Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

गोल्यान ग्रुपले तीन करोड कार्कीलाई बुझाएपछि विजय गच्छदारले पाए अभयदान, राणा किन रुष्ट ?

गोल्यान ग्रुपले तीन करोड कार्कीलाई बुझाएपछि विजय गच्छदारले पाए अभयदान, राणा किन रुष्ट ?


  • 4.6K
    Shares

    गोल्यान ग्रुपले तीन करोड कार्कीलाई बुझाएपछि विजय गच्छदारले पाए अभयदान, राणा किन रुष्ट ?

    बालुवाटारको सरकारी जग्गा किर्ते प्रकरणमा तानिएका कांग्रेस नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश प्रेमराज कार्की सरुवा भएका छन्। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रुपैयाँ बिगो दाबी गरेर मुद्दा चलाएका गच्छदारलाई विशेष अदालतले गएको ३० असारमा १० लाख धरौटीमा छाडेको थियो। 

    विशेष अदालतको उक्त निर्णयको कतिपयले आलोचना गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासमेत उक्त निर्णयप्रति असन्तुष्ट रहेको स्रोतको दाबी छ। सोही असन्तुष्टि स्वरुप कार्कीलाई उच्च अदालत विराटनगरअन्तर्गत इलाम इजलासको मुख्य न्यायाधीशका रूपमा काज सरुवा गरिएको हो।

    कार्की ८ महिनाअघि मात्रै विशेष अदालतको अध्यक्षमा नियुक्त भएका थिए।  

    अख्तियारमा मुद्दा चलेको डेढ वर्षदेखि फरार रहेका गच्छदार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको भोलिपल्टै अदालतमा उपस्थित भएका थिए। अदालतमा उपस्थित भएकै दिन उनलाई १० लाख धरौटीमा रिहा गरिएपछि यसलाई धेरैले आशंकाको नजरले हेर्दै आएका छन्।   

    बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गर्ने प्रस्ताव गच्छेदारले मन्त्रिपरिषदमा लगेको आरोप उनीमाथि लागेको छ। प्रेम राज कार्की संग गच्छेदारले पटक-पटक भेटेको श्रोतको दाबी छ। सेतोपुल नजिकै बानेश्वरमा गच्छेदार र गोल्यान ग्रुपले होटल चलाउन आलिशान महल बनाउदै छन्। त्यसको साझेदार लोकमान सिंह कार्की समेत रहेको बताईन्छ। गोल्यान ग्रुपले तीन करोड प्रेमराज कार्कीलाई थमाएपछि गच्छेदार १० लाख धरौटीमा छुट्न सफल भएको श्रोतको भनाई छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यो सबै सुचना पाए पछि कार्कीलाई बिशेष बाट खेदाएको सर्बोच्च अदालत परिसरमा चर्चा हुन थालेको छ। 

    गच्छदारविरूद्धको मुद्दामा थुनछेक बहस सकिएपछि ३० असारमा विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

    प्रकाशित मिति :श्रावण ३ २०७८ आइतवार - १४:४८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij