Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देउवाको पक्षमा १५१ मतको टुंगो लाग्यो, माधव पक्षका यी २५ जना देउवालाई मत दिन भए राजी (नाम-सहित)

देउवाको पक्षमा १५१ मतको टुंगो लाग्यो, माधव पक्षका यी २५ जना देउवालाई मत दिन भए राजी (नाम-सहित)


  • 9.9K
    Shares

    देउवाको पक्षमा १५१ मतको टुंगो लाग्यो, माधव पक्षका यी २५ जना देउवालाई मत दिन भए राजी (नाम-सहित)

    प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवारको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन्। देउवा गठबन्धनमा रहेका पाँच दलका १४९ सांसदहरुले सर्वोच्चमा गरेको हस्ताक्षरका आधारमा प्रधानमन्त्री नियुक्त भएका थिए। देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाका गरी १४९ जना सांसदहरुले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। यिनै सांसदहरुको साथ पाउने अपेक्षा सहित देउवाले विश्वासको मत लिन लागेका हुन्।


    अदालतमा निवेदन दिएका सांसदले मत दिए भने देउवालाई विश्वासको लागि पर्याप्त छ। प्रतिनिधिसभामा हाल कायम रहेको संख्याका आधारमा १३६ जनाको मत देउवालाई आवश्यक छ। १२१ सांसद रहेको एमाले विभाजित अवस्थामा छ। वरिष्ठ नेता नेपाल पक्षले देउवालाई विश्वासको मत दिने बताउँदै आएका छन्। नेपाल पक्षका २३ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए। एमालेको असार ३१ गते बसेको संसदीय दलको बैठकले देउवाको विरुद्ध उभिने निर्णय गरिसकेको छ। अध्यक्ष केपी शर्मा ओलीले नेपाल पक्षका सांसदले विश्वासको मत दिए कार्वाहीको तयारी गरेको छ।

    यस्तै, जसपाभित्र विभाजनको स्पष्ट रेखा कोरिएको छ। अध्यक्ष उपेन्द्र यादवले देउवालाई समर्थन गर्दै आएका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर ओली पक्षमा। देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै यादव पक्षका १२ जनाले हस्ताक्षर गरेका थिए। अदालतले प्रतिनिधिसभा पुनर्स्थापन गरेपछि यादव समूहमा ४ जना ठाकुर पक्षका सांसद पनि थपिएको बताइएको छ। उनीहरुलाई जोड्दा यादवको पक्षमा १६ जना छन्।

    कतिले दिन्छन् देउवालाई मत ?

    सत्तारुढ दल नेपाली नेपाली कांग्रेससँग ६१ सांसद छन्। यस्तै, नेकपा माओवादी केन्द्रसँग ५३ सांसद रहेको पार्टी भए पनि ४ जना सांसदहरु निलम्बन गर्दा ४९ सांसद रहेका छन्। अग्निप्रसाद सापकोटा सभामुख भएकाले हाल माओवादी केन्द्रका ४८ सांसदले देउवालाई विश्वासको मत दिनेछन्। स्वतन्त्र सांसद छक्कबहादुर लामा यसअघि सबै राजनीतिक गतिविधिमा नेकपा माओवादी केन्द्रसँग जोडिएर सक्रिय रहँदै आएका छन्। त्यस आधारमा उनीसहित माओवादीसँग ४९ मत रहन्छ। एमालेको नेपाल समूहका २३ जना र जसपाका १६ जना सांसदले पनि देउवालाई विश्वासको मत दिने बताइएको छ। नेकपा एमालेका २३ जना तिनै हुन् जसले सर्वोच्च अदालतमा पुगेर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। राष्ट्रिय जनमोर्चाका १ जना पनि देउवाकै पक्षमा छन्। माधव नेपाल पक्षका २५ सांसदले आज देउवालाई मत दिंदैछन्। झलनाथ खनाल बिरामी भएकाले २४ जनाले देउवालाई मत दिने निश्चित छ। 

    यी सांसदहरुको संख्या जोड्दा १५१  हुन आउँछ। देउवालाई गठबन्धनमा नेपाल पक्षले अप्रत्यात्यासित रुपमा कुनै अर्को निर्णय नगरेमा विश्वासको मत सहजै पुग्ने देखिन्छ।


    माधव पक्षका देउवालाई बिश्वासको मत दिने को-को हुन् ?

    • झलनाथ खनाल
    • माधवकुमार नेपाल
    • घनश्याम भुसाल
    • गोकर्ण विष्ट
    • मुकुन्द न्यौपाने
    • सोमप्रसाद पाण्डे
    • जीवनराम श्रेष्ठ
    • रामकुमारी झाँक्री
    • जयकुमार राई
    • यज्ञराज सुनुवार
    • नारायण खतिवडा
    • पवित्रा निरौला खरेल
    • भवानी खापुङ
    • दीपकप्रकाश भट्ट
    • विरोध खतिवडा
    • पुष्पाकुमारी कर्ण
    • झपट रावल
    • मेटमणि चौधरी
    • सरला यादव
    • कृष्णलाल महर्जन
    • कल्याणी खड्का
    • निरादेवी जैरु
    • कलिला खातुन
    • लक्ष्मीकुमारी चौधरी

    प्रकाशित मिति :श्रावण ३ २०७८ आइतवार - १३:१२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij