२०८२ माघ १५ गते बिहिवार
नेकपा (एमाले) का सांसदहरुले संविधानको धारा ७६ (५) अन्तर्गत बनेको सरकारले विश्वासको मत लिने कुरा नियमावलीमा नरहेको जिकिर गरेका छन्।
आइतबार बिहान बसेको कार्यव्ययस्था परामर्श समितिको बैठकमा एमालेले विश्वासको मत लिनका लागि अर्को मिति तोक्न पनि माग गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि संसद् सचिवालमा प्रस्ताव दर्ता भइसकेको छ। विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सचिवालयमा प्रस्ताव दर्ता गरिसकेका छन्।
आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले देउवाले संविधान बमोजिम विश्वासको मत लिनेछन्। देउवालाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष, एमाले माधवकुमार नेपाल पक्षलगायतको साथ छ। तर ओली पक्षले भने यहि बिषयलाई लिएर मुद्दा दायर गर्दैछ।
उता नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा माधवकुमार नेपाल भने उपस्थित भएका छैनन्।
बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्ने बताइएको छ। पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको भए पनि नेपाल पक्षीय नेता भने सहभागी भएका छैनन्।
एमालेले केन्द्रीय कमिटी बैठक सोमबारका लागि डाकिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij