२०८२ माघ १५ गते बिहिवार
काठमाडौँ । प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।
सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनःस्थापना गरेपछि पहिलो बैठक बस्न लागेको आजको बैठक दुई खण्डमा राखेर विश्वासको मतको प्रक्रिया अघि बढाएको निकट स्रोतले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकाेटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ ।
कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।
यसको निर्णय कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंग्याउने छ । यो प्रस्ताव प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिको बैठकमा लादै छन् ।
सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक प्राबधान छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij