Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

दोस्रोपल्ट ब्युँतिएको प्रतिनिधिसभा बैठक आज ४ बजे बस्दै, यस्तो छ कार्यसूची

दोस्रोपल्ट ब्युँतिएको प्रतिनिधिसभा बैठक आज ४ बजे बस्दै, यस्तो छ कार्यसूची


  • 5.6K
    Shares

    दोस्रोपल्ट ब्युँतिएको प्रतिनिधिसभा बैठक आज ४ बजे बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पनुर्स्थापित गरेपछि आज पहिलो प्रतिनिधिसभा बैठक बस्दैछ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्‌न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् । संसद बैठक सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ । तयारी स्वरुप पछिल्लोपटक संघीय सांसदसहित ८०१ जनामा कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये तीन कर्मचारीमा मात्रै कोरोना पोजेटिभ देखिएको छ ।

    पुनःस्थापित यस प्रतिनिधिसभाले नयाँ प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मतसमेत लिनु पर्ने भएकाले धेरैको ध्यान अब संसदतिरै छ ।

    असार २९ मा प्रधानमन्त्री देउवाले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिन सके यही सरकारले बाँकी १७ महिनाको संसदको कार्यकाल पूरा गरेर चुनाव गराउनेछ भने विश्वासको मत प्राप्त गर्न नसकेको मुलुक अग्रिम चुनावमा जानेछ ।

    यस्तो छ आजको सम्भावित कार्यसूची

    samsad-karyasuchi.jpg

    प्रकाशित मिति :श्रावण ३ २०७८ आइतवार - ०८:१४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij