Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

घर आएपछि उधुमसंग रिल्याक्स महसुस गरिरहेको छु भन्दै ओलीले मधेशी नेता संग के-के गरे गन्थन-मन्थन ?

घर आएपछि उधुमसंग रिल्याक्स महसुस गरिरहेको छु भन्दै ओलीले मधेशी नेता संग के-के गरे गन्थन-मन्थन ?


  • 5.6K
    Shares

    घर आएपछि उधुमसंग  रिल्याक्स महसुस गरिरहेको छु भन्दै ओलीले मधेशी नेता संग के-के गरे गन्थन-मन्थन ?

    एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट निस्केपछि आफूले ‘रिल्याक्स’ महसुस गरिरहेको बताएका छन्। शनिबार बिहान उनको निवास बालकोट पुगेका जसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुसँग ओलीले उक्त कुरा बताएका हुन्। ‘लामो समयदेखि धपेडी भयो अहिले आराम गरिरहेको छु,’ ओलीलाई उधृत गर्दै जसपा नेता शरद्सिंह भण्डारीले भने, ‘अहिले रिल्याक्स महसुस भइरहेको छ।’ 

    ‘लामो समयदेखि धपेडी भयो अहिले आराम गरिरहेको छु,’ ओलीलाई उधृत गर्दै जसपा नेता शरद्सिंह भण्डारीले भने, ‘अहिले रिल्याक्स महसुस भइरहेको छ।’ 

    सर्वोच्च अदालतको परमादेशपछि मंगलबार प्रधानमन्त्रीबाट बाहिरिएका ओलीलाई भेट्न ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा  बालकोट पुगेका थिए। आफूहरु शिष्टाचार भेटवार्ताका लागि ओलीलाई भेट्न गएको नेता भण्डारीले जानकारी दिए। 
    ‘सहयोगीका नाताले हिजो सँगै बस्यौं अहिले उहाँ बालुवाटारबाट बालकोट आएपछि शिष्टाचार भेटघाट गर्न गएका हौं,’ उनले भने, ‘अरू धेरै केही कुरा भएन। उहाँले केही दिन आराम गर्ने र त्यसपछि छलफल गरौंला भन्नुभयो।’  तर देउवालाई मत नदिने र माधव नेपाललाई घेराबन्दीमा पार्न सहकार्य गर्ने बिषयमा छलफल भएको अर्का एक नेताले जानकारी गराएका छन्। 

    ओली सत्ताबाट बाहिरिएपछि पहिलोपटक जसपाको ठाकुर पक्षसँग भेटवार्ता भएको हो।  आफ्ना माग सम्बोधन भएपछि जसपा गत जेठ २१ गते ओली नेतृत्वको सरकारमा गएको थियो। जसपाभित्र ओलीलाई साथ दिने नदिने विवादकै कारण अहिले पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगसम्म पुगेको छ।

    प्रकाशित मिति :श्रावण २ २०७८ शनिवार - १२:४३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij