Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

भंग भएको एमाले कार्यदल सिंहदरबारमा ओली र नेपालको झारफुक गर्दै, भ्यागुताको धार्नी पुर्याउन को-को सक्रिय ?

भंग भएको एमाले कार्यदल सिंहदरबारमा ओली र नेपालको झारफुक गर्दै, भ्यागुताको धार्नी पुर्याउन को-को सक्रिय ?


  • 4.7K
    Shares

    भंग भएको एमाले कार्यदल सिंहदरबारमा ओली र नेपालको झारफुक गर्दै, भ्यागुताको धार्नी पुर्याउन को-को सक्रिय ?

    एमाले विवाद समाधान सम्बन्धी कार्यदलका पूर्वसदस्यहरु र थप केही नेताहरु पार्टी एकताका लागि फेरि सक्रिय भएका छन् । मिल्ला-मिल्ला जस्तो भएर फेरी उही अबस्थामा फर्किने गरेको एमाले एकताको रटान लगाउने काम अझै रोकिएको छैन। एमालेमा एकता भ्यागुताको धार्नी पुर्याउन नसके झैँ भएको छ। 

    शीर्ष तहमा आएको तिक्तताले एकता संघारमा रहेको पार्टी विभाजन उन्मुख भएको निष्कर्ष निकाल्दै उनीहरु फेरि पार्टी एकता प्रयासमा जुटेका हुन् ।

    स्रोतका अनुसार अहिले सिंहदरबारमा एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीका तर्फबाट पृथ्वीसुब्बा गुरुङसहित ६ जना र वरिष्ठ नेता माधकुमार नेपालका तर्फबाट भीम आचार्यसहित ७ जना नेताहरु छलफलमा जुटका छन् ।

    संसद बचाउन गठनबन्धनको सरकारलाई साथ दिने कि पार्टी बचाउने भन्ने दोधारमा रहेका नेपाल पक्षका नेताहरुले फेरि ओलीपक्षका नेताहरुसँग संवाद अघि बढाउका हुन् ।

    शुक्रबार आफूहरुको आग्रह अनुसार ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित नगरेपछि नेपाल पक्षका नेताहरु निराश भएका थिए। ओलीले एमाले विवाद समाधान सम्बन्धी कार्यदलको १० बुँदे सहमति प्रस्ताव अनुमोदन गर्दै कार्यदल भंग भएको घोषणा गरेका थिए।

    पार्टी फुटलाई टार्न नसक्ने स्थितिमा पुगेको उनीहरुले बताएका थिए। नेता नेपालसँग उनीहरुको लामो संवादसमेत भएको थियो।

    तर शनिबार सबेरैदेखि उनीहरु एकताको प्रयासमा जुटेका हुन् । प्रधानमन्त्रीबाट बाहिरिएपछि ओलीले नेपाललाई ‘लाल गद्दार’को आरोप लगाउँदै उनका लागि अब एमालेमा ठाउँ नरहेको घोषणा गरेका थिए। नेपाल भने पार्टी विवादबारे मौन छन् । 

    प्रकाशित मिति :श्रावण २ २०७८ शनिवार - ११:३६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij