Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीले किक हानेपछि माधवले देउवा संग मागे सात मन्त्रालय, कसले कति मन्त्रालय पाउने ?

ओलीले किक हानेपछि माधवले देउवा संग मागे सात मन्त्रालय, कसले कति मन्त्रालय पाउने ?


  • 10.2K
    Shares

    ओलीले किक हानेपछि माधवले देउवा संग मागे सात मन्त्रालय, कसले कति मन्त्रालय पाउने ?

    नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बाट हटेपछि आज पहिलो पटक स्थायी समिति बैठक बस्यो। आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विस्वासको मत नदिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले देउवालाई विशवासको मत नदिने निर्णय गरेको हो ।

    बैठकले प्रधानमन्त्री देउवालाई एमालेभित्रका माधवकुमार नेपाल समूहले विश्वासको मत दिए त्यो व्यक्तिगत हुने समेत बताएको छ । स्थायी कमिटीले सरकारलाई विश्वासको मत नदिने निर्णय गरिरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले भने नेकपा (एमाले) भित्रका बिद्रोही नेता माधवकुमार नेपाल समूहलाई ६ जना मन्त्री दिने प्रस्ताव गरेका छन् । नेपाल निकट एक जना पोलिटब्युरो सदस्यका अनुसार देउवाले नेपाल समूहलाई ६  जना मन्त्री दिने प्रस्ताव गरेका हुन् ।

    एमालेभित्रको नेपाल समूहले विश्वासको मत दिएन भने देउवाले प्रधानमन्त्रीमा निरन्तरता पाउँदैनन् । प्रतिनिधि सभाको बैठक बसेको तीस दिन भित्र देउवाले विश्वासको मत लिनु पर्छ । नेपाल पक्षले विश्वासको मत दियो भने देउवा सरकार डेढ वर्षसम्म रहन्छ । स्रोतका अनुसार देउवाले नेपाललाई ६  जना मन्त्री दिने प्रस्ताव गरेका भए पनि कुन–कुन मन्त्रालय दिने भन्ने यकिन गरिसकेका छैनन् ।

    नेपाल निकट अर्का एक नेताका अनुसार नेपाल समूह सरकारमा जाने वा नजाने भन्नेमा दोधारमा छ । उनका अनुसार नेपाल समूहभित्रै औपचारिक रुपमा पार्टी विभाजन भइनसकेकोले सरकारमा जान नहुने मत बलियो छ । विश्वासको मत लिनु अघि नै देउवाले नेपाल समूहलाई सरकारमा समेट्न चाहेको उक्त स्रोतको भनाइ छ । तर, सरकारमा सहभागी हुने नै भए पनि विश्वासको मत दिनु अघि जान नहुने अडान नेपाल समूहभित्रैबाट उठिरहेको छ ।

    एमालेभित्रको नेपाल समूहका २३ जना सांसद अदालत पुगेर हस्ताक्षर गरेका हुन्थेनन् भने नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिन सक्दैनथ्यो । देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा नेकपा (एमाले) का नेपाल निकट २३ जना सांसदले अदालत पुगेर हस्ताक्षर गरेका थिए । भलै, ७ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बुझाइएको हस्ताक्षरमा भने २६ जना सांसदले हस्ताक्षर गरेका थिए ।

    स्मरणीय छ, तुलसी लाल स्मृति प्रतिष्ठान एमालेभित्र विद्रोहको नेतृत्व गरिरहेका माधवकुमार नेपालको निवासबाट करिब ७÷८ सय मिटरको दुरीमा मात्र छ । स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय थापाथलीमा नबसी नेपाल निवास नजिकै बस्नुको पनि ठूलै ‘सन्देश’ रहेको ओली निकट एक जना केन्द्रीय सदस्य बताउँछन् । ती केन्द्रीय सदस्य भन्छन्, ‘नेपाल समूह देउवा सरकारमा सहभागी हुन खुट्टा उचालेर तयार भइरहेको बुझिएको छ ।’ र केही हप्ता भित्रै अर्थात देउवालाई विश्वासको मत दिएर नेपाल समुह देउवा सरकारमा सहभागी हुनेछ।  माओवादीले ६,उपेन्द्र यादवले ४  माधव नेपालले ६ मन्त्रालय लिने मोटामोटी सहमति भएको छ। तर माधवले अर्को थप्नु पर्ने बताएका छन्। 

    प्रकाशित मिति :श्रावण १ २०७८ शुक्रवार - १६:३५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij